Past NEB exam questions for Economics, organised chapter by chapter with solutions.
छनौटको समस्या उत्पन्न हुनुका कुनै दुई कारणहरू उल्लेख गर्नुहोस् ।
Mention any two causes to arise problem of choice.
अनुसन्धान कार्यमा द्वितीय तथ्याङ्कभन्दा प्राथमिक तथ्याङ्कलाई किन प्राथमिकता दिइन्छ ? कुनै एक कारण उल्लेख गर्नुहोस् ।
Why is primary data preferred over secondary data in research work? Mention any one reason.
यदि तथ्याङ्कीय श्रेणीको सबैभन्दा ठुलो र सबैभन्दा सानो पदको मानको भिन्नता र जोडफल क्रमशः २५ र ८५ भए विस्तारको गुणाङ्कको नतिजा व्याख्या गर्नुहोस् ।
Interpret the result of coefficient of range if difference and sum of largest and smallest value of series are 25 and 85 respectively.
पुँजीवादी र समाजवादी अर्थतन्त्रबीचको कुनै पाँचवटा भिन्नताहरू वर्णन गर्नुहोस् ।
Describe any five differences between capitalist and socialist economy.
अथवा (Or)
श्रम विभाजन भनेको के हो ? यसका कुनै चार फाइदाहरूको व्याख्या गर्नुहोस् ।
What is division of labour? Explain its any four advantages.
छनौट भनेको के हो ?
(What is choice?)
श्रम विशिष्टीकरण भनेको के हो ? यसका कुनै चार बेफाइदाहरूको व्याख्या गर्नुहोस् ।
What is labour specialization? Explain its any four disadvantages.
नेपालले अँगालेको आर्थिक प्रणाली कुन हो ? त्यसका कुनै चार विशेषताहरूको व्याख्या गर्नुहोस् ।
What is the economic system adopted by Nepal? Explain any four features.
स्रोत र साधनको बाँडफाँडको अर्थ के हो ? स्रोतहरूको बाँडफाँड गर्दा उत्पन्न हुन सक्ने प्रमुख तीनवटा समस्याहरूको पहिचान गरी वर्णन गर्नुहोस् ।
What is the meaning of allocation of resources? Identify and describe the three major issues that may arise while allocating resources.
Or (अथवा)
बजार अर्थतन्त्र भनेको के हो ? यसका कुनै चारवटा विशेषताहरू वर्णन गर्नुहोस् ।
What is Market Economy? Explain any four features of market economy.
दिइएको तालिकाको आधारमा निम्न प्रश्नहरूको उत्तर दिनुहोस् ।
Answer the following questions based on the given table.
(I) माथिको तालिका पूरा गर्नुहोस् ।
(Complete the above table.)
(II) पूरा गरिएको तालिकाबाट कुल, औसत र सीमान्त आय वक्ररेखाहरू खिच्नुहोस् ।
Draw total, average and marginal revenue curves from the completed table.
(III) बजार संरचनाको पहिचान गर्नुहोस् ।
Identify the structure of market.
दिइएको तालिकाको आधारमा तलका प्रश्नहरूको उत्तर दिनुहोस् ।
(क) दिइएको तालिका पूरा गर्नुहोस् ।
(Complete the given table.)
(ख) पुरा गरिएको तालिकाबाट औसत आय र सीमान्त आय वक्ररेखाहरू खिच्नुहोस् ।
(Draw AR and MR curves from the completed table.)
एक विक्रेताले १० ओटा बस्तुको बिक्रीबाट रु. ७०० रुपैयाँ कमाउँछ । यदि उसले थप एक एकाइ बेच्यो भने, उसको कुल आय रु. ७५० हुन्छ भने सूत्र प्रयोग गरी सीमान्त आय पत्ता लगाउनुहोस् ।
A seller earns Rs. 700 from the sale of 10 units of a good. If s/he sells 1 more unit, her/his total revenue becomes Rs 750, then find marginal revenue by using formula
कुनै एकाधकारी फर्मले बस्तुको मूल्यमा क्रमशः कमि गर्दै लगेर आफुले चाहे जति बस्तुको परिमाण बिक्री गर्न सक्दछ । यस जानकारीका आधारमा फर्मको कुल आय, औषत् आय र सीमान्त आय देखाउने तालिका तयार पार्नुहोस् र उक्त तालिकाको आधारमा सीमान्त आय तथा औषत् आय रेखाचित्र खिच्नुहोस् ।
‘A monopoly firm can sell as many goods as it wants to sell by decreasing prices’. Based on this information, prepare a table showing the firm’s total revenue, average revenue and marginal revenue. Draw the curves of average revenue and marginal revenue based on the table.
यदि सातौँ र आठौँ एकाई वस्तु उत्पादन गर्दा कुल लागत क्रमशः रु. ६२४ र रु. ७२७ लाग्छ भने आठौँ एकाई वस्तु उत्पादन गर्दाको सीमान्त लागत पत्ता लगाउनुहोस् ।
If total cost of producing \( 7^{th} and 8^{th} \) unit of goods are Rs. 624 and Rs. 727 respectively, find marginal cost of producing $8^{th}$ unit of goods.
कुन बैंकलाई अन्तिम ऋणदाता भनिन्छ ?
(Which bank is called lender of last resort?)
(I) दिइएको तालिका पूरा गर्नुहोस् ।
(II) पूरा गरिएको तालिकाबाट कुल परिवर्तनशील र कुल लागत वक्ररेखाहरू खिच्नुहोस् ।
Draw total variable and total cost curves from the completed table.
दिइएको तालिकाका आधारमा निम्न प्रश्नहरूको उत्तर दिनुहोस् ।
Give the answer of following questions on the basis of given table.
i. माथिको तालिका पूरा गर्नुहोस्
ii. पुरा गरिएको तालिकाबाट औसत लागत र सीमान्त लागतका रेखा चित्र खिच्नुहोस् ।
(Draw the curves of Average Cost and Marginal Cost from the completed table.)
मानौँ लागत फलन (TC) \( = 60 + 7Q^2 \) र आय फलन (TR) \( = 120Q - 5Q^2 \) छ । सन्तुलित अवस्थाको उत्पादन र नाफा पत्ता लगाउनुहोस् ।
Let cost function (TC) \( = 60 + 7Q^2 \) and revenue function (TR) \( = 120Q - 5Q^2 \). Find out equilibrium level of output and profit.
यदि कुनै एउटा फर्मको कुल आय: \( 7Q^2 - 8Q + 30 \) र कुल लागत \( 6Q^2 - 10Q + 20 \)भए कुल नाफा पत्ता लगाउनुहोस् ।
If the total revenue of a firm is $7Q^2 - 8Q + 30$ and total cost is $6Q^2 - 10Q + 20$, then find the total profit.
पूर्ण प्रतिस्पर्धा अन्तर्गत उत्पादनको मूल्य तथा परिमाण निर्धारण हुने प्रक्रियालाई चित्रित गर्नुहोस् र MR-MC अवधारणा अनुसार फर्मको अल्पकालीन सन्तुलनका अवस्थाहरू देखाउनुहोस् ।
Illustrate the price and output determination process under perfect competition and show the situations of short-run equilibrium of the firm by MR-MC approach.
व्याजको शास्त्रीय सिद्धान्तको व्याख्या गर्नुहोस् ।
Explain the classical theory of interest.
नाफाको जोखिम वहनता सिद्धान्तको व्याख्या गर्नुहोस् । यसका आलोचनाहरू के के हुन् ?
Explain the risk bearing theory of profit. What are its criticisms?
श्रम विभाजनका कुनै दुई फाइदाहरू लेख्नुहोस् ।
Write any two advantages of division of labour
नाफाको अनिश्चितता वहन सिद्धान्तको वर्णन गर्नुहोस् । यसका कुनै चारवटा कमजोरीहरू औंल्याउनुहोस् ।
Describe the Uncertainty Bearing Theory of Profit. Point-out its' any four weaknesses.
मुद्रा बजार र पुँजी बजारबीचको कुनै एउटा भिन्नता उल्लेख गर्नुहोस् ।
State any one difference between money market and capital market.
देशको आर्थिक विकासमा बैकिङ्ग प्रणालीको कुनै पाँच भूमिकाहरूको व्याख्या गर्नुहोस् ।
Explain any five roles of banking system in the economic development of the country.
मुद्रा आपूर्ति र कर्जा नियन्त्रण गर्न केन्द्रीय बैंकले अवलम्बन गर्ने नीतिलाई के भनिन्छ ?
What is the policy applied by central bank to control the money supply and credit called?
मुद्रा बजारको परिभाषा दिनुहोस र यसका कुनै चारवटा विशेषताहरूको व्याख्या गर्नुहोस् ।
Define Money Market and describe any four features of it.
प्रत्यक्ष करको कुनै पाँचवटा विशेषताहरू वर्णन गर्नुहोस् ।
Describe any five features of direct tax.
बाह्य ऋण भनेको के हो ?
(What is external borrowing?)
नेपालको सन्दर्भमा सरकारी आयका स्रोतहरूको व्याख्या गर्नुहोस् ।
Explain the source of government revenue in reference to Nepal.
राष्ट्रहरूबीचको व्यापारको विश्वव्यापी नियमहरूसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाको नाम दिनुहोस् ।
Name the international organisation dealing with global rules of trade between nations.
स्वतन्त्र व्यापार भनेको के हो ? विकासोन्मुख देशहरू स्वतन्त्र व्यापारको विस्तारबाट सधैँ लाभान्वित हुन किन सक्दैनन् ? व्याख्या गर्नुहोस् ।
What is free trade? Why are developing countries not always benefited from the expansion of free trade? Explain.
स्वतन्त्र व्यापार र संरक्षण व्यापारको कुनै एक भिन्नता लेख्नुहोस् ।
Write any one difference between free trade and protection trade.
SAFTA को कुनै दुई सिद्धान्तहरू लेख्नुहोस् ।
(Write any two principles of SAFTA.)
स्थिर विनिमय दर र परिवर्तनशील विनिमय दर बिचको कुनै एउटा भिन्नता लेख्नुहोस् ।
Write any one difference between fixed exchange rate and flexible exchange rate.
तुलनात्मक लाभको सिद्धान्त अन्तर्राष्ट्रिय व्यापारको आवश्यकतासँग सम्बन्धित छ । हरेक देशहरूले आफ्नो देशमा उत्पादन गर्दा बढि लागत पर्ने वस्तु आयात गर्दछन् । एउटा उपयुक्त उदाहरणको साथ व्याख्या गर्नुहोस् ।
The Comparative Advantage theory of international trade is related to the need of international trade. Every country imports the goods if their cost of production is high in the country. Explain with a suitable example.
मानव विकासका कुनै दुईवटा सूचकहरू उल्लेख गर्नुहोस् ।
Mention any two indicators of human development.
असमानता घटाउने कुनै दुई उपायहरू उल्लेख गर्नुहोस् ।
Mention any two measures to reduce inequality.
नेपालमा बढ्दो बेरोजगारीका कुनै पाँच कारणहरूको मूल्याङ्कन गर्नुहोस् ।
Evaluate any five causes of increasing unemployment in Nepal.
संरचनागत बेरोजगारी भनेको के हो ?
What is 'structural unemployment'?
हाल नेपालमा निरन्तर बढ्दो आर्थिक असमानताको अवस्थाले गर्दा देशको सामाजिक, राजनीतिक र समग्र आर्थिक क्षेत्रमा प्रतिकुल असर परेको देखिन्छ । यस्तो अवस्थालाई कम गर्न कुनै पाँच व्यावहारिक उपायहरू सुझाउनुहोस् ।
Currently, increasing economic inequality situation in Nepal has adversely affected the social, political and whole economic sectors of the country. Suggest any five practical measures to reduce this situation.
नेपालका लागि वैदेशिक रोजगारी किन उपयोगी छ ? कुनै पाँचवटा कारणहरू व्याख्या गर्नुहोस् ।
Why is foreign employment useful for Nepal? Explain any five reasons.
नेपालमा बढ्दो व्यापार घाटाका कारणहरूको मूल्याङ्कन गर्नुहोस् ।
Evaluate the causes of increasing trade deficit in Nepal.
नेपालको पन्ध्रौँ आवधिक योजनाको उपलब्धि मूल्याङ्कन गर्नुहोस् ।
Evaluate the achievement of fifteenth periodic plan of Nepal.
नेपालमा विप्रेषणका कुनै दुई फाइदाहरू उल्लेख गर्नुहोस् ।
Mention any two advantages of remittance in Nepal.
नेपालको वैदेशिक रोजगारीका फाइदा तथा बेफाइदाहरूको लेखाजोखा गर्नुहोस् ।
Examine the advantages and disadvantages of foreign employment of Nepal.
नेपालको वैदेशिक व्यापारको प्रमुख समस्याहरूको मूल्याङ्कन गर्नुहोस् ।
Evaluate the major problems of Nepalese foreign trade.
नेपाल विश्व व्यापार संगठनको सदस्य कहिले भयो ?
When did Nepal become the member of WTO ?
नेपाल जस्ता विकासोन्मुख देशका लागि बैदेशिक रोजगारी बढ्दो बेरोजगारीको समस्या समाधान गर्ने एउटा उपाय हो । तथापि यसले भविष्यमा यी देशहरूले विभिन्न समस्याहरू सामना गर्नुपर्ने पनि हुन सक्छ । यस्ता सम्भावित समस्याहरूलाई मनन् गरी चार/चार बुँदाहरूमा आफ्ना विचारहरू व्याख्या गर्नुहोस् ।
Foreign employment is a way to solve the unemployment problem for developing countries like Nepal. However, from this, such countries will have to face various problems in future. Considering such possible problems, explain your ideas in four points for each.
अथवा or
नेपालका लागि सान्दर्भिक रहेका संयुक्त राष्ट्र संघका दीगो विकासका कुनै चारओटा लक्ष्यहरू प्राथमिकीकरण गर्नुहोस् । नेपालको सन्दर्भमा यी लक्ष्यहरूलाई प्राथमिकतामा राख्न किन जरुरी छ ? प्रष्ट पार्नुहोस् ।
Prioritize and list out any four major SDGs of UN that is directly relevant to Nepal. Why these aims should be prioritized in Nepalese context? Clarify.
सोह्रौँ योजनाका कुनै दुईवटा उद्देश्यहरू लेख्नुहोस् ।
Write any two objectives of sixteenth plan.
तपाईं गाउँमा बस्नु हुन्छ । यदि गाउँपालिकाले तपाईंलाई रोजगारी सृजनाका लागि कुनै पाँच सुधारात्मक कार्यहरूमा सुझाव माग्यो भने कस्ता सुझावहरू दिनुहुन्छ ? व्याख्या गर्नुहोस् ।
You are residing in a village. If you are asked to advise by the Rural Municipality to suggest for employment generation, what kinds of five activities would you suggest for the improvement your village to generate employment. Explain.
नेपालको वर्तमान योजनाको कुनै दुई राष्ट्रिय उद्देश्य र कुनै तीन राष्ट्रिय रणनीतिहरूको वर्णन गर्नुहोस् ।
Describe any two national objectives and any three national strategies of current plan of Nepal.
नेपालको चालू योजनाले गरिबीको रेखामुनिको जनसंख्यालाई कम गर्ने लक्ष्यका साथ राखेका कुनै दुई नीतिहरू लेख्नुहोस् ।
Write down any two policies aimed at reducing the size of population below poverty line in the current plan of Nepal.
नेपालको विकासका योजना निर्माण तथा कार्यान्वयनको इतिहास लामो छ । तर पर्याप्त विकास हुन सकिरहेको छैन । यस सन्दर्भमा नेपालले प्रभावकारी विकास योजना निर्माण गर्न के के चरणहरू अपनाउनु पर्दछ ? सुझाव दिनुहोस् ।
Nepal has a long history of formulation and implementation of development plan. But there is no sufficient development. In this regard, suggest the steps to formulate an effective development plan in Nepal.
कुन दिगो विकास लक्ष्यले सबैका लागि पानी र सरसफाइको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित गर्दछ ?
Which sustainable development goal ensures availability of water and sanitation for all?
दिगो विकासको कुन लक्ष्य लैङ्गिक समानतासँग सम्बन्धित छ ?
Which goal of sustainable development is related to gender equality?
तपाईंको समुदायमा लैगिंक असमानता छ । चाहे परिवारमा होस् वा विद्यालयमा होस् छात्राहरूको तुलनामा छात्रहरूलाई बढि महत्त्व दिइएको पाइन्छ । यस्तो सन्दर्भमा नेपालले सन् २०३० सम्म शिक्षामा लैगिंक समानताको लक्ष्य हासिल गर्न सघाउ पुऱ्याउने उद्देश्यले तपाईंले खेल्न सक्ने कुनै दुई भूमिकाहरू उल्लेख गर्नुहोस् ।
There is gender inequality in you community. More priority is given to boys as compared to girls either at home or in school. In this regard, state any two roles that you can play to achieve the goal of gender equality in education by 2030 in Nepal?
एक वचनको रूपमा तथ्याङ्कशास्त्रको परिभाषा दिनुहोस् ।
Define statistics in a singular sense.
दिइएको तथ्याङ्कबाट स्तरीय विचलन पत्ता लगाई नतिजाको व्याख्या गर्नुहोस् ।
Find the Standard Deviation from the given data and interpret the result.
Or
तलको तथ्याङ्कबाट पाश्चेको विधिद्वारा मूल्य सूचकाङ्क पत्ता लगाउनुहोस् र नतिजाको व्याख्या गर्नुहोस् ।
Find the index number by using Paasche's method from the following data and interpret the result.
बहुवचनको रुपमा तथ्याङ्कशास्त्र भनेको के हो ?
What is statistics in plural sense?
तथ्याङ्क सङ्कलन गर्ने सङ्गणना विधिभन्दा नमूना छनौट विधि किन बढी मितव्ययी मानिन्छ ? कुनै एक कारण उल्लेख गर्नुहोस् ।
Why sampling method of collecting data is more economical than census method? Mention any one reason.
यदि मध्यिका = 23 र बहुलक = 25 छ भने अङ्कगणितीय मध्यक पत्ता लगाउनुहोस् ।
If median = 23 and mode = 25, find the value of arithmetic mean.
मानौँ लागत फलन (TC)\( = Q^2 + 8Q + 4 \) र मागफलन (P) \( = 20 - Q \) छ । सन्तुलित अवस्थाको उत्पादन र मूल्य पत्ता लगाउनुहोस् ।
Let, cost function (TC) \( = Q^2 + 8Q + 4 \) and demand function (P) \( = 20 - Q \) Find output and price at equilibrium level.
तालिकामा प्रस्तुत गरिएको दुई उस्तै कम्पनीहरू X र Y को औसत ज्याला दर र स्तरीय विचलनका आधारमा तल सोधिएका प्रश्नहरू हल गर्नुहोस् ।
Solve the following questions based on the average wage rates and standard deviations of two similar companies X and Y as represented in the table.
प्रत्येक कम्पनीको विचरणको गुणाङ्क पत्ता लगाउनुहोस् ।
Find the coefficient of variation for each company.
कुन कम्पनीको ज्याला दरमा बढी एकरुपता देखिन्छ र किन ? कारण दिनुहोस् ।
Which company's wage rate is more consistent and why? Give reason.
तलको तथ्याङ्कबाट लेस्पेयरको विधिद्वारा सुचकाङ्क पत्ता लगाउनुहोस् र नतिजाको व्याख्या गर्नुहोस् ।
Find the index number by using Laspeyre's method from the following data and interpret the result.
(ख) पुरा गरिएको तालिकाबाट औसत र सीमान्त लागत वक्ररेखा खिच्नुहोस्
Draw average and marginal cost curves from the completed table
प्राथमिक तथ्याङ्क संकलन गर्नु पूर्व जानकारी राख्नु पर्ने कुनै दुई कुराहरू लेख्नुहोस् ।
Write any two pre-requisites of primary data collection.
द्वितीयक तथ्यांक्का स्रोतहरूमा पुस्तक, पत्रपत्रिका, रेडियो, आदि पर्दछन् । तर तिनीहरूबाट तथ्यांक संकलनमा अनेक समस्या रहन्छन् । यस सन्दर्भमा द्वितीयक स्रोतबाट तथ्यांकहरु प्रयोग गर्दा आइपर्ने कुनै दुई समस्याहरू औंल्याउनुहोस् ।
The sources of primary data collection are book, newspaper, radio, etc. But there are various problems in data collection from such sources. In this regard, point out any two problems while using the data from secondary sources.
यदि प्रथम चतुर्थांश र तृतीय चतुर्थांशहरूको फरक र योगफलहरू क्रमशः ४५ र ७५ भए चतुर्थक विचलन गुणाङ्क पत्ता लगाई व्याख्या गर्नुहोस् ।
If the difference and sum of first quartile \( (Q_1) \) and third quartile \( (Q_3) \) are 45 and 75 respectively. Find the coefficient of quartile-deviation and interpret it.
Find the standard deviation from the given data and interpret the result.
or (अथवा)
तलको तथ्यांकबाट लास्पेयरको सूत्र प्रयोग गरी मूल्य सुचकाङ्क पत्ता लगाउनुहोस् र नतिजाको विश्लेषण गर्नुहोस् ।
Find Price Index using Laspeyre’s formula and interpret the result.