Logo

Class 10 Compulsory Nepaliकक्षा १० अनिवार्य नेपाली — SEE notes & solutions

class 10see

Class 10 SEE Compulsory Nepali Question Paper 2082 (SEE) – Solved

NEB

2082

Class 10 (SEE)

Compulsory Nepali

Full Marks: 75

Candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.

"Section A"

दिइएको निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर लेख्नुहोस् :

[]

6.

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :

नेपालमा हिमाली सौन्दर्यको स्वर्गीय आनन्द अनुभव गर्न पाइन्छ । यहाँ नेपालीको हार्दिकतामा चुलुम्म डुब्न पाइन्छ । तसर्थ विदेशी पर्यटक नेपाललाई आफ्नो यात्राको उत्कृष्ट गन्तव्य बनाउन चाहन्छन् ।

(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :

हिजो बिहानै डाँडाघरे सान्दाइ देवघाट धामतिर हिँडे । वाटाका लागि खर्च कटाएर भए पनि परिवारलाई तीन नदीको समूह भएको स्थानबाट मर्मसला हालेको मिठाइसिठाइ ल्याइदिउँला भन्दै उनी भोलासोला बोकेर बाटो लागे ।

[2 + 2]
10.

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

कर्तव्यभन्दा अधिकार नै महान् छ । व्यक्तिको व्यक्तित्व विकास र जीवनयापनका लागि अधिकार नितान्त अनिवार्य कुरा हो । हेक्का राखौँ, अधिकारले मात्र मानिसको स्वतन्त्रताको रक्षा गर्छ, कर्तव्यले होइन । अधिकारको बगैँचामा व्यक्तित्वको फूल फुल्छ व्यक्तिले परिवार, समाज र राज्यबाट प्राप्त गर्ने अधिकार पाउनुपर्छ र मात्र त्यो व्यक्तिको समग्र व्यक्तित्व उज्यालो बन्छ । सानो छँदा राम्रो लालनपालन र पोषणयुक्त खाना पाउने अधिकार पाउनुपर्छ । अलिक हुर्कँदै जाँदा शिक्षा र स्वास्थ्यको अधिकार पाउनुपर्छ । पछिसकेपछि उसले व्यवसाय र रोजगारको स्वच्छ प्रतिस्पर्धामा सहभागी हुने अधिकार पाउनुपर्छ । यसो भयो भने मात्र व्यक्तिको व्यक्तित्वको विकास हुन सक्छ । हरेक व्यक्तिको विकास हुनु नै त्यो परिवार, समाज र राष्ट्रको समेत विकास हुनु हो ।

प्रश्नहरू

(क) 'यसो भयो भने मात्र व्यक्तिको व्यक्तित्वको विकास हुन सक्छ ।' वाक्यलाई अकरणमा परिवर्तन गर्नुहोस् ।

(ख) रेखाङ्कित 'बगैँचामा' शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् ।

(ग) 'उसले व्यवसाय र रोजगारको स्वच्छ प्रतिस्पर्धामा सहभागी हुने अधिकार पाउनुपर्छ ।' यस वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् ।

(घ) 'अधिकारको बगैँचामा व्यक्तित्वको फूल फुल्छ ।' वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस् ।

[4]
11.

दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

बाढी, पहिरो, खण्डवृष्टि, अल्पवृष्टि, अतिवृष्टि आदि प्राकृतिक प्रकोपका रूप हुन् । बढ्दो जनसङ्ख्या, अव्यवस्थित बसोबास, जलवायु परिवर्तन र वैज्ञानिक उन्नतिका कारण विभिन्न किसिमका वातावरणीय समस्या उत्पन्न भएका छन् । यसबाट जलचर, थलचर सबै प्राणी जगत् प्रभावित भएका छन् । यस्ता समस्याबाट पैदा हुने वातावरणीय असन्तुलनको खतराबाट जोगाउने कार्यमा वनजङ्गलको ठूलो भूमिका हुन्छ । यसले प्राणीलाई सास फेर्न आवश्यक पर्ने अक्सिजन दिई प्राकृतिक सुन्दरता बढाउने कामसमेत गर्छ । वनजङ्गलकै कारणले जलाधार क्षेत्र सुरक्षित रहन्छन् भने भूक्षय नियन्त्रण गर्ने कार्य पनि यसैबाट सम्भव छ । जङ्गल आफैँमा प्राकृतिक सम्पदा हो । यसको संरक्षण र सदुपयोग गरी बाढी, पहिरो, भूक्षय जस्ता समस्याको न्यूनीकरण गर्नु आवश्यक छ । 'जहाँ जङ्गल त्यहीं मङ्गल', 'हरियो वन नेपालको धन' जस्ता उक्तिलाई सार्थक पार्न पनि वनजङ्गलको संरक्षणमा जोड दिनु जरुरी छ । यसका लागि जनचेतना बढाउनका साथै वृक्षरोपण कार्यमा ध्यान दिनुपर्छ । जथाभावी चरन र चोरी पैठारीमा नियन्त्रण गर्नुपर्छ । सामुदायिक वनको अवधारणालाई प्राथमिकता दिई वन संरक्षण गर्नेलाई पुरस्कार र यसको विनाश गर्नेलाई दण्डको व्यवस्थासमेत गरिनु अपरिहार्य छ ।

प्रश्नहरू

(क) प्राकृतिक प्रकोप भनेको के हो ?

(ख) वातावरणीय समस्याका कारण के के हुन् ?

(ग) वनजङ्गलको संरक्षण किन गर्नुपर्छ ?

(घ) वातावरणीय समस्यालाई समाधान गर्न वनजङ्गलले कसरी सहयोग गर्छ ?

[4]
12.

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :

नाम :         भूपि शेरचन

जन्मस्थान :   गण्डकी प्रदेश, मुस्ताङ जिल्ला, थाकटुकुचे गाउँ

जन्ममिति :    वि.सं. १९९२ पुस १२ गते

पिता/माता :   सुब्बा हितमान शेरचन/पदमकुमारी शेरचन

शिक्षा :       स्नातकसम्मको औपचारिक अध्ययन

प्रवृत्ति :      स्वच्छन्दतावादी प्रगतिवादी धाराका उत्कृष्ट कवि, युगीन विसङ्गति र विकृतिप्रति तीव्र विरोध, मानवीय दुःख र वेदनालाई कवितामा उतार्नु, व्यङ्ग्यवादी चेत, प्रकृति प्रेम, देशप्रेम, प्रखर क्रान्तिचेतना, भयाउरे तथा गद्य लयमा लोकप्रिय कविता सिर्जना, उत्कृष्ट गीतकार, सुधारवादी चेतना, प्रतीक र विम्बको सुन्दर प्रयोग, सरल र सरस भाषाशैली ।

कृति :        'परिवर्तन', 'निर्भर', 'नयाँ भ्याउरे', 'घुम्ने मेचमाथि अन्धो मान्छे' आदि ।

पुरस्कार :    साझा पुरस्कार

मृत्यु :        वि.सं. २०४६ जेठ १ गते, काठमाडौँ

OR

(ख) 'जलवायु परिवर्तन' शीर्षकमा एउटा संवाद तयार पार्नुहोस् ।

[4]
14.

दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् :

आयुर्वेदिक उपचारका अनेकौँ विशिष्ट पक्ष छन् । यसमा बिरामीको आत्मा, मन, शारीरिक प्रकृति र दोष, मल र धातुको अवस्थालाई पनि ध्यानमा राखेर मानिसका समग्र पक्षको उपचार गरिन्छ । रोगको उपचार गर्दा मन र शरीरलाई पूर्ण रूपमा छुट्याउन सकिँदैन भन्ने मान्यताअनुसार रोगीको मन र शारीरिक प्राकृतिकअनुरूप उपचार गरिनु पनि यसको विशेषता हो । आयुर्वेदिक औषधीले आफैँमा तागत वा रसायनको पोषण प्रदान गर्ने, बिरामी र स्वस्थ व्यक्तिले पनि प्रयोग गर्न सक्ने, स्वस्थ व्यक्तिको पोषण र रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने यसको अर्को महत्त्वपूर्ण पक्ष हो । आहार, विहार र आचारसंहितामार्फत रोगले आक्रमण नगरोस् भनी रोग प्रतिरोधी औषधी र आहारमा जोड दिनु पनि यसको विशेषता हो ।

[2]
15.

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् :

सन्दुक रुइतले आफ्नो उपचार पद्धतिबाट लाखौँ मानिसको सफल शल्यक्रिया गरिसकेका छन् । यसबाट दृष्टि प्राप्त गर्ने विश्वभरका मानिसले उनलाई 'दृष्टिका देवता' मानेका छन् । नेपालको नवीन प्रविधि 'रुइतेक्टोमी' का रूपमा यो उपचार पद्धति एसिया, दक्षिण अमेरिका, अफ्रिकालगायत विभिन्न देशमा प्रयोगमा छ । यो प्रविधि संसारभर गुणस्तरीय र प्रशंसनीय बन्दै गइरहेको छ । उनले मोतीविन्दुको शल्यक्रियाँ भिडियोमार्फत र सम्भव भएसम्म आफैँ उपस्थित भएर संसारभरका डाक्टरलाई सिकाउँदै आएका छन् । उत्तर कोरियामा उनले गरेको काम नेसनल जियोग्राफिकले एउटा वृत्तचित्रका रूपमा प्रसारण गरेका थियो । उनले पुऱ्याएको योगदानस्वरूप तिलगङ्गा उपचार केन्द्र अहिले तिलगङ्गा आँखा प्रतिष्ठानका रूपमा स्थापित छ । यसमार्फत उनले पुऱ्याएको मानवीय सेवाका उच्च मूल्याङ्कन गर्दै विश्वका प्रसिद्ध समाचार माध्यमले यसको प्रचारप्रसार गरेका छन् ।

[3]
16.

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँच्ने छ
नेपाली भाषा संस्कृति कला साहित्य बाँच्ने छ ।
यसैले आऊ नेपाललाई बलियो बनाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ ॥

प्रश्नहरू

(अ) नेपाल बाँचेमा हाम्रा के के कुरा बाँच्ने छन् ?

(आ) हामीले आफ्नो श्रम र सिप किन स्वदेशमै लगाउनु आवश्यक छ ?

(ख) दिइएको एकाङ्कीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाओँला । एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला । यसरी सबैको हेलाहाँसो भएर म त बस्दिनँ यहाँ । साराले आफ्नै देशमा काम पाएका छन्, हामीले विदेशमा यसरी लत्रेर बस्नुपर्छ र ? कहाँ आफ्नो चाडबाड, प��्वमेला, तीर्थव्रत सब छाडेर अर्काको कमारो भएर बस्ने ? जाऔँ हिँड जमान दाइ, मर्नुपरे पनि बरु आफ्नै देशमा मरौँला, आफ्नै भुइँमा लम्पसार परौँला, आफ्नै खोलाका वगरमा आफ्नै वनका काठले जलौँला ।

प्रश्नहरू

(अ) एकाङ्कीका पात्रले किन आफ्नै देश फर्कने कुरा गरेका हुन् ?

(आ) माथिको एकाङ्कीको अंशको आशय के हो ?

[4 + 4]
19.

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :

(क) दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :

छाँगो छङ्छङाए भैँ बिजुली वेगमा कविता लेख्ने देवकोटा नेपाली भाषा साहित्यका स्वच्छन्दतावादी साहित्यकार हुन् । उनले विभिन्न साहित्यिक विधामा कलम चलाएका छन् । उनका 'शाकुन्तल', 'सुलोचना', 'महाराणा प्रताप', 'प्रमिथस' आदि प्रसिद्ध महाकाव्य हुन् । उनले 'मुनामदन', 'कुञ्जिनी' र 'लुनी' जस्ता दर्जनौँ खण्डकाव्य लेखे । उनले 'यात्री', 'पागल', र 'प्रभुजी मलाई भेडो बनाऊ' जस्ता सयौँ कविता लेखे । उनले लेखेका साहै गहकिला निबन्ध 'लक्ष्मी निबन्ध सङ्ग्रह' र 'दाडिमको रुखनेर' मा सङ्कलित छन् । उनको एउटा 'सावित्री सत्यवान्' भन्ने नाटक र 'चम्पा' उपन्याससमेत प्रकाशित छ । वास्तवमा उनले लगातार चार दशकसम्म विभिन्न विधाका दर्जनौँ साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याए ।

प्रश्न

(अ) माथिको अंश र पाठका आधारमा लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यमा पुऱ्याएको योगदानको समीक्षा गर्नुहोस् ।

OR

(ख) दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

मुरलीधर पण्डित थिए । सबैरै नुहाउँथे, आधा दिनसम्म पूजापाठ गर्थे । उनी पनि आफ्नो धर्म र संस्कृतिका उपर असीम श्रद्धा राख्थे । आफ्ना पिताका भैँ उनी पनि अरूलाई सताउनु महापाप सम्भन्थे । मानिस उनलाई जिल्लाका टाढा टाढा ठाउँसम्म बोलाएर सप्ताह पुराण सुन्थे । उनी एउटा सच्चा ब्राह्मण थिए । धोतीमाथि लामो लवेदा, लवेदामाथि सेतो पटुका, शिरमा मखमलको रातो टोपी, काँधमा च्यादर, लतारमा चन्दन, उनी सधैँ यही पहिरनमा हुन्थे । जिल्लामा 'मुरली पण्डित' का नाउँले विख्यात थिए ।

प्रश्न

(अ) माथिको कथांश र पाठका आधारमा मुरलीधरको चारित्रिक विशेषताको चर्चा गर्नुहोस् ।

[7]