दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : (क) दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँच्ने छ नेपाली भाषा…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँच्ने छ
नेपाली भाषा संस्कृति कला साहित्य बाँच्ने छ ।
यसैले आऊ नेपाललाई बलियो बनाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ ॥
प्रश्नहरू
(अ) नेपाल बाँचेमा हाम्रा के के कुरा बाँच्ने छन् ?
(आ) हामीले आफ्नो श्रम र सिप किन स्वदेशमै लगाउनु आवश्यक छ ?
(ख) दिइएको एकाङ्कीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाओँला । एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला । यसरी सबैको हेलाहाँसो भएर म त बस्दिनँ यहाँ । साराले आफ्नै देशमा काम पाएका छन्, हामीले विदेशमा यसरी लत्रेर बस्नुपर्छ र ? कहाँ आफ्नो चाडबाड, प��्वमेला, तीर्थव्रत सब छाडेर अर्काको कमारो भएर बस्ने ? जाऔँ हिँड जमान दाइ, मर्नुपरे पनि बरु आफ्नै देशमा मरौँला, आफ्नै भुइँमा लम्पसार परौँला, आफ्नै खोलाका वगरमा आफ्नै वनका काठले जलौँला ।
प्रश्नहरू
(अ) एकाङ्कीका पात्रले किन आफ्नै देश फर्कने कुरा गरेका हुन् ?
(आ) माथिको एकाङ्कीको अंशको आशय के हो ?
