दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् : आयुर्वेदिक उपचारका अनेकौँ विशिष्ट पक्ष छन् । यसमा बिरामीको आत्मा, मन, शारीरिक प्रकृति र दोष,…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् :
आयुर्वेदिक उपचारका अनेकौँ विशिष्ट पक्ष छन् । यसमा बिरामीको आत्मा, मन, शारीरिक प्रकृति र दोष, मल र धातुको अवस्थालाई पनि ध्यानमा राखेर मानिसका समग्र पक्षको उपचार गरिन्छ । रोगको उपचार गर्दा मन र शरीरलाई पूर्ण रूपमा छुट्याउन सकिँदैन भन्ने मान्यताअनुसार रोगीको मन र शारीरिक प्राकृतिकअनुरूप उपचार गरिनु पनि यसको विशेषता हो । आयुर्वेदिक औषधीले आफैँमा तागत वा रसायनको पोषण प्रदान गर्ने, बिरामी र स्वस्थ व्यक्तिले पनि प्रयोग गर्न सक्ने, स्वस्थ व्यक्तिको पोषण र रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने यसको अर्को महत्त्वपूर्ण पक्ष हो । आहार, विहार र आचारसंहितामार्फत रोगले आक्रमण नगरोस् भनी रोग प्रतिरोधी औषधी र आहारमा जोड दिनु पनि यसको विशेषता हो ।
