दिइएको चित्रमा, दुई वृत्तहरू बिन्दुहरू S र Q मा प्रतिच्छेदन भएका छन् । तिनीहरूका व्यासहरू क्रमश: PS र SR हुन् । In the given figure, two circles…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
दिइएको चित्रमा, दुई वृत्तहरू बिन्दुहरू S र Q मा प्रतिच्छेदन भएका छन् । तिनीहरूका व्यासहरू क्रमश: PS र SR हुन् ।
In the given figure, two circles intersect at the points S and Q. Their diameters are PS and SR respectively.
[Figure: Two circles intersecting at points S and Q with diameters PS and SR]
a) अर्धवृत्तमा बनेको कोणको नाप कति हुन्छ ? लेख्नुहोस् ।
What is the measure of an angle made at the semi-circle? Write it.
b) प्रमाणित गर्नुहोस् : PQR एउटा सीधारेखा हो ।
Prove that: PQR is a straight line.
c) कम्तिमा 3 से.मि. अर्धव्यास भएका दुईवटा फरक फरक नापका वृत्तहरू बनाई चक्रीय चतुर्भुजका कुनै एकजोडा सम्मुख कोणहरूको योगफल \(180^\circ\) हुन्छ भनी प्रयोगद्वारा परीक्षण गर्नुहोस् ।
Verify experimentally that the sum of any one pair of opposite angles of a cyclic quadrilateral is \(180^\circ\) by making two different circles having radii at least 3 cm.
