दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् : शिक्षाका क्षेत्रमा हिजोभन्दा आज कैयौं सकारात्मक कार्य भएका छन् । माध्यमिक शिक्षासम्म निःशुल्क शिक्षाको…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् :
शिक्षाका क्षेत्रमा हिजोभन्दा आज कैयौं सकारात्मक कार्य भएका छन् । माध्यमिक शिक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था हुनु, थुप्रै विश्वविद्यालय खोलिनु चानचुने कुरा होइन । उच्च शिक्षा अध्ययन गर्न खर्च बोकेर सहर पस्ने वातावरणको अन्त्य हुनु अर्थात् गाउँ गाउँमा क्याम्पस खोलिनु र उच्च शिक्षा सुलभ हुनु मेरो देशको शिक्षाका लागि गर्व गर्न लायक कुरा हुन् । क्याम्पस र विद्यालयमा इन्टरनेट सेवा जोडिनु, सूचना र प्रविधिमा विद्यालयका विद्यार्थीको समेत पहुँच हुनुले मेरो देशका विद्यार्थीको ज्ञान प्राप्त गर्ने सूचनाको क्षितिज फराकिलो भएको छ । आज देशभरिका विद्यार्थीले सूचना प्रविधिलाई एउटा विषयका रूपमा पढ्न पाएका छन् । विद्यालय तहदेखि कम्प्युटर पाठ्यक्रम र तदनुरूप पाठ्यपुस्तकको व्यवस्था हुनुलाई मैले यो देशको विद्यालयीय शिक्षामा आएको युगीन फड्कोको ठानेको छु ।
