दिइएका प्रश्नहरूको उत्तर दिनुहोस् : (क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
दिइएका प्रश्नहरूको उत्तर दिनुहोस् :
(क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
आजकल युवापुस्तामा ऱ्याप गीत निकै प्रचलित छ । अश्वेत जातिमाथि श्वेत जातिले गरेको शोषण विरुद्ध आक्रोशको रूपमा व्यक्त हुँदै यो गीतको सुरुआत भएको हो । अहिले आएर सामाजिक विकृति र प्रेमको विषयमा यस्ता गीत गाइन्छन् ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो । हामी सबै आ-आफ्नो क्षेत्रबाट देशको विकासमा लाग्नुपर्छ । राष्ट्रको हित भए मात्र हाम्रो पनि हित हुन्छ । त्यसैले एक आपसमा सरसहयोगको भावना राखी सबैको लोकप्रिय बनौं ।
