दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : हावा वेसरी चल्नाले धेरै मानिसका घर उडाएर दुःखी बनाएको छ । राज्यले विपत्मा परेकालाई…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :
हावा वेसरी चल्नाले धेरै मानिसका घर उडाएर दुःखी बनाएको छ । राज्यले विपत्मा परेकालाई सहयोग गर्ने प्रयत्न गरिरहेको छ तापनि उठ्नुपर्ने कर नउठेकाले रकमको अभाव छ । यस्तो चिसोमा पालसालसम्म सबैलाई पुऱ्याउन सके राम्रो हुन्थ्यो । यस्तो अवस्थामा एक गेडा चामलको सहयोगले पनि पीडितहरूलाई ठूलो राहत पुग्छ ।
(क) 'बतास' को पर्यावाची शब्द ………… हो ।
(ख) 'सुखी' शब्दको विपरीतार्थी शब्द ………………… हो ।
(ग) अनेकार्थी शब्द ………………… हो ।
(घ) लघुतावाची शब्द …………… हो ।
