Logo

तलका प्रश्नहरूको उत्तर दिनुहोस् : (क) दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : जसका कर्मले लिन्छन् उच्च जीवनका पथ तिनैका पथमा हिँड्छन्…

2080 · Solved Question with Answer

तलका प्रश्नहरूको उत्तर दिनुहोस् :

(क) दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

जसका कर्मले लिन्छन् उच्च जीवनका पथ
तिनैका पथमा हिँड्छन् मान्छेहरू सगौरव ।
जूटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर
उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर ।

प्रश्नहरू :

(अ) उज्यालो यात्राका लागि कर्मको कस्तो भूमिका रहन्छ ?

(आ) मानिसहरू गौरवका साथमा हिँड्ने पथ कुन हो ?

(ख) दिइएको एकाङ्कीको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

दुवै छ्राक भोकै भएर भोकभोकै मर्नुपरे पनि आफ्नै गाउँमा मर्नु जाती । क्यै नभए पनि चिसो बतास त छ कि ! यो बर्खामास पन्चे बाजा बजार बादकहरू आलीमा बस्ता हुन्, रोपारहरू धान रोप्ता हुन्, लाठेहरू बाउसे गर्दा हुन्, मेरो त मनै उहीँ पुगिराख्या छ । फलक्क फलक्क त्यहीँको रमाइलो सम्भन्छु, बोल्न पनि सक्दिनँ म त लाल दाइ, भोकले पो हो कि छिन छिनमा घाँटी नै प्याकप्याक्ती सुकेर थुक्कको थोपासम्म पनि जिब्रोमा छैन, सम्भन्छु, रोऊँ रोऊँ जस्तो लाग्छ । के दशा लागेर अर्काको बहकाउमा परेर आ'छु नि जस्तो लाग्छ ।

प्रश्नहरू :

(अ) एकाङ्कीको पात्रले गाउँघरका कुन कुन कुरालाई स्मरण गरेको छ ?

(आ) माथिको एकाङ्कीको अंशको मूल सन्देश के हो ?

Solution

Please login to view the answer.