Logo

दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् : मानिसले पाउनुपर्ने मानवीय अधिकार नै सबैभन्दा ठूलो कुरा हो । यो अधिकार मान्छेको स्वतन्त्रता र न्यायसँग…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् :

मानिसले पाउनुपर्ने मानवीय अधिकार नै सबैभन्दा ठूलो कुरा हो । यो अधिकार मान्छेको स्वतन्त्रता र न्यायसँग एउटै सिक्काका दुई पाटा भैँ गाँसिएर रहेको हुन्छ । समाजका सबै वर्ग र समुदायका मानिसले न्यायको अनुभव गर्नुपर्छ र समान अधिकार पाउनुपर्छ । विश्वेश्वरप्रसाद कोइरालाले भन्छन्, "राष्ट्र र राष्ट्रियताको मजबुत जग बसाल्न हरेक वर्गका मानिसले अन्यायको अनुभूति गर्ने अवस्था आउनुहुँदैन ।" यसबाट मानिसका लागि अधिकार नै ठूलो हो भन्ने पुष्टि हुन्छ । नेल्सन मन्डेला अधिकार र स्वतन्त्रताका लागि २७ वर्षसम्म कठोर कारावास किन बसे ? अधिकार प्राप्तिका लागि सफलता पैसाले होइन स्वतन्त्रताले मात्र मिल्छ भन्ने नेल्सन मन्डेलाको विचार छ । स्वतन्त्रतालाई आत्माको अक्सिजन मान्ने मोसे ड्यायन होउन् वा मानिसको आवश्यकता पूरा गर्न चाहिने शक्तिलाई अधिकार मान्ने गार्नर होउन् यी सबैका भनाइले मानिसको न्यूनतम आवश्यकता पूरा गर्न अधिकार नै चाहिन्छ भन्ने पुष्टि गर्दछन् ।

Solution

Please login to view the answer.