दिइएका प्रश्नका उत्तर दिनुहोस् : (क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस्…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
दिइएका प्रश्नका उत्तर दिनुहोस् :
(क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
आधुनिक समाजले परम्परागत दुष्प्रवृत्ति हटाउँदै मानव जीवनलाई स्तरोन्नति गर्नुपर्छ । कुप्रथा हटाएर समुन्नत समाजको परिकल्पनालाई साकार बनाउनु हाम्रो कर्तव्य हो ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व प्रक्रियाबाट बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
एक गहुँगोरो युवक पँधेरो माथिबाट आइरहेको थियो । सरसहयोगमा रुचि राख्ने उक्त युवकले पँधेरामा मुखसुख धोएर बसेकी सान्नानीलाई देख्यो । चन्द्रमाको जस्तो मुख भएकी सान्नानी लजाउँदै कान्छाबाको घरतिर लागिन् ।
