तल दिइएको अनुच्छेद पढी मुख्य मुख्य चारओटा बुँदा टिपोट गरी एक तृतीयांशमा सारांश लेख्नुहोस् : सिद्धार्थ गौतम परिवार र राज्य त्यागेर घरबाट निस्केका थिए…
Class 12 Nepali · 2080 · Solved Question with Answer
तल दिइएको अनुच्छेद पढी मुख्य मुख्य चारओटा बुँदा टिपोट गरी एक तृतीयांशमा सारांश लेख्नुहोस् :
सिद्धार्थ गौतम परिवार र राज्य त्यागेर घरबाट निस्केका थिए । घरबाट निस्कँदा उनले मनमनै भने- “मलाई जीवनमा धनसम्पत्ति, राज्य केही चाहिँदैन । मैले रोग र शोकमाथि विजय प्राप्त गर्न सके पुग्छ ।” उनले प्रख्यात विद्वान्का कुरा सुने तर आफूले चिताएको कुरा नपाएकाले उनी सन्तुष्ट हुन सकेनन् । त्यसपछि उनी एकान्त ठाउँमा गएर तपस्या गर्न थाले । उनले जाडो भनेनन्, गर्मी मानेनन्, वर्षाको मतलब गरेनन् । हरेक समय उनले रुखमुनि स्थिर भएर तपस्या गरिरहे । कठोर साधना गरेकाले नै उनी ज्ञान प्राप्त गर्न सफल भए र बुद्धका नामले संसारभर चिनिए । कोही पनि व्यक्ति कठोर साधनाविना लक्ष्य प्राप्तिमा सफल हुन सक्दैन ।
