दिइएको प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएको कविताँश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर उठेका कर्मले जो…
2080 · Solved Question with Answer
दिइएको प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएको कविताँश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर
उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर ।
समर्पित भएका छन् जो सदा न्याय खातिर
संसारमा उठेका छन् तिनैका विजयी शिर ।
प्रश्नहरू :
(अ) कविताँशमा ज्ञान र कर्मले कस्ता काम गर्नुपर्छ भनिएको छ ?
(आ) कस्ता मानिसको शिर उचो हुन्छ ?
(ख) दिइएको एकाङ्कीको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
साराले आफ्नै देशमा काम पाएका छन् । हामीले यसरी विदेशमा लत्येर बस्नुपर्छ र ? उहाँ आफ्नो चाडवाड, पर्वमेला, तीर्थव्रत सब छाडेर अर्काको कमारो भाएर बस्ने ? जाऊँ हिँड जमान दाइ, मर्नु परे पनि बरु आफ्नै देशमा मरौँला, आफ्नै भुँइमा लम्पसार परौँला, आफ्नै खोलाको बगरमा आफ्नै वनका काठले जलौँला । हाम्रा बाबुवाजेले आफ्नो आखिरी सास हिमालको बतासमा मिलाए, हामी पनि त्यसै गरौँला । आफ्ना पुर्खाको धर्म थामौँ । जमान दाइ जाऊँ । आजै जाऊँ । उठ, ऐल्यै जाऊँ । गइहालौँ । नबसौँ ।
प्रश्नहरू :
(अ) माथिको एकाङ्कीको अंशमा नेपालको परिवेशलाई कसरी चित्रण गरिएको छ ?
(आ) एकाङ्कीको अंशले राष्ट्रभक्तिको कस्तो सन्देश दिएको छ ?
