दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : ससाना कार्यबाट प्राप्त हुने ठुलठुला परिणामले पनि कर्तव्यको महानता फल्काउँछ । हरेक नागरिकले…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् :
ससाना कार्यबाट प्राप्त हुने ठुलठुला परिणामले पनि कर्तव्यको महानता फल्काउँछ । हरेक नागरिकले गर्नुपर्ने आआफ्ना कर्तव्यका दायरा छन् । आआफ्ना ठाउँबाट सबैले आआफ्नो कर्तव्य निर्वाह गरेको समाज सभ्य हुन्छ र सुसंस्कृत हुन्छ । ससाना कुरा मात्र हेरौँ न ! नागरिकले आआफ्ना घर वरिपरि सफा गरे भने सिङ्गो गाउँ वा सहर सफा हुन्छ । कृषकले भरी, बादल नभनी गरेको मिहिनेतले सबैले खाने अन्न उत्पादन हुन्छ । समाजमा बस्ने नागरिकले एकअर्काको अस्तित्वको सम्मान र आदर गर्दै आफ्नो दायित्व निर्वाह गरेको समाज आदर्श समाज हुन्छ । शिक्षकले पेसाप्रतिको निष्ठा सम्भँदा र सोअनुसारको आचरण गर्दा शिक्षककको कर्तव्य पूरा हुन्छ । सरकारी कार्यालयबाट सेवाग्राहीले मुस्कानसहितको सेवा पाउँदा कर्मचारीको कर्तव्य पूरा भएको ठहर्छ ।
