कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) तलका चारओटा जटिल वाक्यलाई आठओटा सरल वाक्य बनाएर लेख्नुहोस् : मानिस सर्वश्रेष्ठ प्राणी हो त्यसैले उसले ज्ञान र…
Class 12 Nepali · 2080 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) तलका चारओटा जटिल वाक्यलाई आठओटा सरल वाक्य बनाएर लेख्नुहोस् :
मानिस सर्वश्रेष्ठ प्राणी हो त्यसैले उसले ज्ञान र विवेकको प्रयोग गर्नुपर्छ । जबसम्म हामीले आफूलाई नै चिन्दैनौँ तबसम्म हामी खुसी हुन सक्दैनौँ । अरूको सद्गुण ग्रहण गर्नु राम्रो हो तर कसैका कुराको अन्धानुकरण गर्ने प्रवृत्ति भने हानिकारक हो । धर्ती सबैको साझा फूलबारी हो भन्ने उदार भावना भएका मानिसहरू सहनशील हुन्छन् ।
(ख) तल दिइएका अप्रत्यक्ष कथनका वाक्यहरूलाई प्रत्यक्ष कथनमा परिवर्तन गरी लेख्नुहोस् :
चालकले बसभित्र चुरोट नखानुहोस् भनी आग्रह गरे । विद्यार्थीले म कक्षाभित्र आउन सक्छु भनेर शिक्षकसँग अनुमति माग्यो । चिकित्सकले बिरामीलाई आफ्नो स्वास्थ्यको नियमित परीक्षण गर्नुहोस् भनी सुझाव दिए । देश विकासका लागि युवावर्गमा नयाँ सोच आउनुपर्छ भनेर विज्ञहरू भन्छन् ।
