कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) तलको अनुच्छेदमा रेखाङ्कित पदहरूको कारक पहिचान गरी तिनको नामसमेत लेख्नुहोस् : आमा मामाघरमा गएपछि बुबाले मलाई…
Class 12 Nepali · 2080 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) तलको अनुच्छेदमा रेखाङ्कित पदहरूको कारक पहिचान गरी तिनको नामसमेत लेख्नुहोस् :
आमा मामाघरमा गएपछि बुबाले मलाई खाना बनाउन लगाउनु भयो । मैले सम्पूर्ण परिवारका लागि खाना तयार पारेँ । चक्कुले तरकारी काट्दा हातमा पनि थोरै काटेको देखेर खाना बनाउने काम सोचेभन्दा कठिन रहेछ भन्ने मलाई महसुस भयो । अस्तिदेखि भान्साको काममा लाग्नु परेकाले मैले पढाइप्रति ध्यान दिन सकेको छैन ।
(ख) तलका एकवचनका वाक्यलाई बहुवचनमा परिवर्तन गरी लेख्नुहोस् :
उसले कृषि विषयक नयाँ प्रयोगशाला खोलेको रहेछ । मलाई पनि नयाँ कुरा सिक्ने रहर छ । तँलाई पनि सिक्ने रहर भए तँ र म सँगै सिकौँला । त्यसले त अस्तिदेखि नै सिक्ने काम सुरु गरेको रहेछ ।
