कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) तलको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न शब्द र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको…
Class 12 Nepali · 2080 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) तलको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न शब्द र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण-प्रक्रिया देखाउनुहोस् :
नैतिक पक्ष उच्च भएको मानिस साहसी हुन्छ । मर्यादित भएर काम गर्ने र अनुशासनलाई मानवीय आचरणका रूपमा मान्ने मानिसहरू पहिचान गरी सम्मान गर्नुपर्छ । शिक्षित र बौद्धिक व्यक्तिहरू मानिसको अभिभावक तथा गुरु भएर पथप्रदर्शक बन्न सक्नुपर्छ ।
(ख) तलको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व शब्द पहिचान गरी तिनको निर्माण-प्रक्रिया देखाउनुहोस् :
पिताम्बर र नीलकण्ठले आ-आफ्नो बारीमा सयपत्री फूलको व्यवसाय गरेर घरखर्च चलाएका छन् । उनीहरूले बाबुआमासँग पनि यस कामका लागि आपसी सरसल्लाह गरेका थिए । ठुलाठुला सपना पूरा गर्नका लागि झैझगडा नगरीकन सङ्गठित प्रयत्न र आपसी मेलमिलापको खाँचो पर्दछ भन्ने कुरामा उनीहरू सचेत छन् ।
