दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : दरबार हाइस्कुल पढ्दादेखि नै कविता लेख्न सुरु गरेका देवकोटाले त्यसै बेला अङ्ग्रेजी कविता लेखेर…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् :
दरबार हाइस्कुल पढ्दादेखि नै कविता लेख्न सुरु गरेका देवकोटाले त्यसै बेला अङ्ग्रेजी कविता लेखेर समस्त शिक्षा र सहपाठी साथीलाई चकित पारिदिएका थिए । उनका कतिपय साथी देवकोटालाई आफ्ना दाजुलाई कविता लेख्न लगाएर आफैँले लेखे जसरी सुनाउने भनेर आरोप लगाउँथे । उनले साथीहरूकै सामुन्ने धडाधड कविता लेख्दै र सुनाउदै आरोप लगाउनेलाई नाजवाफ पारिदिन्थे । हुन पनि हो, कसैले आलोचना गर्यो भने त्यसको जवाफ कुराले होइन कामले दिन सक्नुपर्छ । साथीहरूकै अगाडि १५ मिनेटमा दरबार स्कुल शीर्षकको कविता रचना गरी सुनाएपछि त साथीहरू उनकै समर्थक पो बन्न पुगे । तिनै साथीहरूको अनुरोधमा शिक्षकले पनि त्यो कविता हेरे । त्यो कविता पढेर दङ्ग पर्दैँ शिक्षकले देवकोटालाई अङ्ग्रेजीमा बडेन पोइट अर्थात् 'कोपिला कवि' भनी टिप्पणी गरे ।
