दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् : एलोप्याथिक उपचार पद्धति हाल सर्वाधिक र लोकप्रिय चिकित्सा पद्धति मानिन्छ । यसलाई आधुनिक चिकित्सा…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् :
एलोप्याथिक उपचार पद्धति हाल सर्वाधिक र लोकप्रिय चिकित्सा पद्धति मानिन्छ । यसलाई आधुनिक चिकित्सा विज्ञानको पर्यायका रूपमा समेत हेरिएको छ । होमियोप्याथी चाहिँ वैकल्पिक चिकित्सा पद्धतिका रूपमा प्रचलित छ । होमियोप्याथीमा रोग निको पार्नका लागि सुरुमा रोग बढाउने खुराक दिइन्छ र क्रमशः निको पारिन्छ भने एलोप्याथीमा रोग निको पार्नका लागि सुरुमै रोग घटाउने औषधी दिइन्छ । एलोप्याथी र आयुर्वेद दुवै चिकित्सा शास्त्र हुन् तर व्यावहारिक रूपमा चिकित्साको पूर्वीय वैदिक र प्राचीन चिकित्सा पद्धतिलाई आयुर्वेद चिकित्सा मानिन्छ । एलोप्याथिक प्रणाली र पाश्चात्य आधुनिक चिकित्सा प्रणालीलाई चिकित्सा पद्धति भन्ने बुभिन्छ । आम रूपमा प्रचलित धारणाअनुसार डाक्टरी उपचारका नामले चिनिने चिकित्सा पद्धति आधुनिक चिकित्सा पद्धति वा एलोप्याथिक पद्धति हो ।
