दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : विद्युत् निर्यातको लाभ लिनका लागि बजार देखेर मात्र हुँदैन, कम लागतमा विद्युत् उत्पादनमा तीव्र…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
विद्युत् निर्यातको लाभ लिनका लागि बजार देखेर मात्र हुँदैन, कम लागतमा विद्युत् उत्पादनमा तीव्र वृद्धि अनि गुणस्तरीय प्रवाह आवश्यक छ । सन् २०१४ मा नेपाल र भारतबिच विद्युत् व्यापार सम्भौता भएको थियो । भारतीय कम्पनी सतलज विद्युत् निगमले नौ सय मेगाबाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । भारतीय कम्पनी गान्धी मालिकार्जुन राव (जिएमआर) ले नौ सय मेगाबाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण गर्ने बताए पनि हालसम्म सुरु हुन सकेको छैन । भारतीय कम्पनीले नै तल्लो अरुण, पश्चिम सेती, एसआर-सिक्स जस्ता आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यस्ता आयोजनाको विकास र निर्माणमा चाहिँ अपेक्षित गति छैन । आयोजना ओगटेर राख्ने अनि मागअनुसार नेपालले विद्युत् उपलब्ध गराउन नसक्ने परिस्थिति किमार्थ सिर्जना हुन दिनु हुँदैन । फेरि कुनै खास मुलुकसँग विद्युत् व्यापार सम्भौता गर्दा उसका लगानीकर्ताले उत्पादन गरेको विजुली मात्र खरिद गर्ने जस्ता सतहरू व्यापक राष्ट्रिय हितमा हुने छैनन् ।
प्रश्नहरू :
(क) विद्युत् निर्यातबाट लाभ लिन के गर्नुपर्छ ?
(ख) नेपाल र भारतबिच विद्युत् व्यापार सम्भौता कहिले भएको थियो ?
(ग) भारतीय कम्पनीले कुन कुन आयोजना निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ ।
(घ) नेपालले कुन परिस्थितिको सिर्जना हुन दिनु हुँदैन ?
