दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् : देवकोटाको साहित्यिक यात्रा विचार र सिर्जनात्मक प्रवृत्तिका दृष्टिले पनि आरोह अवरोहपूर्ण रह्यो । सुरुमा…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् :
देवकोटाको साहित्यिक यात्रा विचार र सिर्जनात्मक प्रवृत्तिका दृष्टिले पनि आरोह अवरोहपूर्ण रह्यो । सुरुमा संसारलाई घनघोर दुःखसागर ठान्ने देवकोटाले मानव सेवालाई धर्म र कर्मलाई ईश्वरको पूजा ठान्दै 'भिखारी' कविताभा मानवतावाद र कर्मवादको शङ्खनाद गरे । त्यस्तै 'जरुर साथी म पागल' भन्ने 'पागल' कविताका देवकोटा 'प्रभुजी मलाई भेडो बनाऊ' भन्ने कविताभा विद्रोही कविका रूपमा देखिन्छन् । खहेर भैँ गडगडाएर स्वच्छन्द बगेका 'शाकुन्तल' का देवकोटा प्रेम, मानवता र उदारता प्रकट गर्ने 'मुनामदन' को देवकोटाको भव्य र उदात्त रूप नेपाली साहित्यमा परिचित छ । कुनै बेला उनले 'उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक' कविता लेख्दा धेरैले उनलाई तरङ्गी र लहडी भने तर त्यो लहड नभई दूरदर्शिता थियो । जुन कुरा उनी दिवङ्गत हुनुभन्दा केही समयअगि रुसको रकेट चन्द्रलोक पुगेपछि प्रमाणित भयो । देवकोटाले जीवन भोगाइका क्रममा जे देखे, जे भोगे र जे अनुभूत गरे त्यसलाई आफ्ना कृतिमा उतारेको देखिन्छ । जीवन भोगाइका क्रममा देखेभोगेका यावत् विषयवस्तुलाई विभिन्न सिर्जनामार्फत प्रस्तुत गर्नु नै उनको सिर्जना यात्रामा देखापरेको विविधता हो ।
