दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : एकरात तिनी खाइपिई सुत्ने यत्न गरिरहेका थिए । तिनका मनमा धेरै प्रकारका विचार आउन थाले । तिनको…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
एकरात तिनी खाइपिई सुत्ने यत्न गरिरहेका थिए । तिनका मनमा धेरै प्रकारका विचार आउन थाले । तिनको जीवन कसैले असफल भन्न सक्दैन । सानोतिनो पुँजी पनि कमाइ हालेका थिए । रुपियाँ जम्मा गर्दा अरू कसैलाई पिर पनि पारेनन् । तिनको कोही वैरी थिएन । यही तिनको सन्तोषको ठुलो कारण थियो । ४५ वर्षको यत्रो लामो जीवनमा तिनले कसैलाई आफ्नो शत्रु बनाएनन् । यस कल्पनाले तिनको तन्द्राको सुख बढाइरहेको बेलामा तिनीमाथि लट्ठीको प्रहार पर्यो । संयोगवश लट्ठीको मुख्य चोट तिनीमाथि परेन । प्रहारकर्ताले तिनीमाथि प्रहार गरेको हो कि भित्तामाथि, यो छुट्याउन गाह्रो भयो ।
प्रश्नहरू :
(क) 'तिनको जीवन कसैले असफल भन्न सक्दैन ।' यस वाक्यलाई करणमा बदल्नुहोस् ।
(ख) रेखाङ्कित 'मनमा' शब्दको कारक र विभक्तिको नाम लेख्नुहोस् ।
(ग) 'एकरात तिनी खाइपिई सुत्ने यत्न गरिरहेका थिए ।' यस वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् ।
(घ) 'यस कल्पनाले तिनको तन्द्राको सुख बढाइरहेको बेलामा तिनीमाथि लट्ठीको प्रहार पर्यो ।' यस वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस् ।
