दिइएको प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस्…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
दिइएको प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
हामीले आफ्नो मौलिक र जातीय पहिचान बोकेको नेपाली संस्कृतिको अवमूल्यन नगरी तिनको संरक्षणमा विशेष ध्यान दिनुपर्छ ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
चारकोसे फाडीमा लामो पुच्छर भएको मात्र होइन, चार पाउ भएका पनि प्रशस्त छन् । हिजोआज हृष्टपुष्ट, कामचोर पनि भेटिन्छन् । तसर्थ छिटोछिटो भातसात कपाकप खाएर अरूसँग फैँकफगडा नगरी सरसामान बोकेर आफ्नै काममा लाग्नुपर्दछ ।
