Logo

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : देवकोटाको कवित्व प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय रहेको छ ।…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् :

देवकोटाको कवित्व प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय रहेको छ । नेपाली कविताको अहिलेसम्मको यात्रामा प्रतिभा, रचना परिमाण र उत्कृष्ट गुणस्तरका दृष्टिले देवकोटा सर्वोच्च कवि मानिएका छन् । देवकोटाको देहवसानपछि वि.सं. २०२३ मा नेपाल प्रज्ञा प्रतिष्ठानले देवकोटालाई मरणोपरान्त 'त्रिभुवन पुरस्कार' प्रदान गरी सम्मानित गऱ्यो । वि.सं. २०६५ मा त्रिमूर्ति निकेतनको संयोजनमा नेपाल सरकारले 'देवकोटा जन्म शताब्दी' भव्यरूपमा आयोजना गर्‍यो । त्रिभुवनमार्गमा मैतीदेवी स्थित देवकोटाको निवासलाई नेपाल सरकारले देवकोटा सङ्ग्रहालय बनाएर वि.सं. २०७९ असोज १४ देखि कार्यान्वयनमा ल्याइसकेको छ । देवकोटाको कृति र उनको कृतित्व विषयमा दर्जनौँ विद्यावारिधि अनुसन्धान भइसकेका छन् । महान् कवि एवम् विलक्षण प्रतिभाशाली देवकोटाले जनस्तरबाटै महाकविको पदवी पाए । उनको पार्थिव शरीर यस धर्तीमा नरहे पनि उनी आफ्ना अमूल्य कृतिमा अनवरत बाँचेका छन् र अमर बनेका छन् ।

Solution

Please login to view the answer.