Logo

दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : विकास निर्माणमा शिक्षाको महत्त्वपूर्ण स्थान छ । त्यसैले हाम्रो शिक्षा कुन दर्शनबाट अभिप्रेरित…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

विकास निर्माणमा शिक्षाको महत्त्वपूर्ण स्थान छ । त्यसैले हाम्रो शिक्षा कुन दर्शनबाट अभिप्रेरित छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । शासनसत्ताको क्षणिक लाभहानि हेरेर शिक्षाको उद्देश्यमा परिवर्तन गर्नु भनेको सार्थकताहीन गन्तव्यमा रुमलिनु जस्तै हो । वर्तमान युगको बदलिँदो सन्दर्भसँग शिक्षा पद्धतिलाई अनुकूल गर्दै लैजानु चुनौतीपूर्ण कार्य हो । परिवर्तित युगअनुरूप शिक्षाप्रणाली र सो प्रणालीसँग मिल्दोजुल्दो पाठ्यक्रम र पाठ्यपुस्तक विकास गर्नु आवश्यक हुन्छ । वैज्ञानिक खोजअनुसन्धानले संसार निकै साँघुरो भएको छ । एक ठाउँमा घटेका घटनाले विश्वको अर्को कुनामा बस्ने व्यक्तिलाई प्रभाव पारिरहेको हुन्छ । त्यसैले देशको आवश्यकतालाई परिवर्तित विश्व परिवेशसँग तालमेल मिलाउन सक्नु नै आजको अहम् सवाल भएको छ । शिक्षाले केवल जागिरे उत्पादन गर्ने र विश्वविद्यालयमा आर्जित ज्ञान कार्यक्षेत्रमा पुगेर विसर्जन गरिने शिक्षालाई सार्थकतापूर्ण मान्न सकिँदैन । किनकि शिक्षाले त युगबोध गर्ने, जीवनको पहिचान गर्ने, कर्मठ, युगद्रष्टा र परिवर्तनशील जनशक्ति उत्पादन गरी राष्ट्रनिर्माणमा सरिक हुने व्यक्तित्व उत्पादन गर्नुपर्छ ।

प्रश्नहरू :

(क) शिक्षा दर्शनसँग किन सम्बन्धित हुन्छ ?

(ख) कस्तो काम चुनौतीपूर्ण देखिएको छ ?

(ग) विश्व निकै साँघुरो भएको छ भन्ने कुराको प्रमाण के हो ?

(घ) कस्तो शिक्षा सार्थक हुँदैन ?

Solution

Please login to view the answer.