दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको जवाफ लेख्नुहोस् : मलाई अब धेरै दिन बाँच्नुला जस्तो लागदैन । मैले जीवनमा हजुर प्रति धेरै अत्याचार गरेको छु । यस…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको जवाफ लेख्नुहोस् :
मलाई अब धेरै दिन बाँच्नुला जस्तो लागदैन । मैले जीवनमा हजुर प्रति धेरै अत्याचार गरेको छु । यस अज्ञानीको सबै अपराध क्षमा गरेर यी नाबालक छोराछोरीको शरण लिइदिनुहोला । भाइका कुरा सुनेर मुरलीधरले वरँ आँसु भारे । मुरलीधर रोएको देखेर श्रीधरका जहान, छोराछोरी पनि रुन लागे । एकछिनपछि मुरलीधरले भाइका निधार, छाती, हात, गोडा सबै अड्ग छामे । उनको शारीरिक गति देखेर मुरलीधरको हृदयमा दुःखको कोलाहल मच्चियो । केही बेरपछि छातीमा भक्कानु पारेर आँसु भार्दँ भने, "विसेक हुन्छ बा हरेस नखाऊ ।"
प्रश्नहरू :
(क) 'मलाई अब धेरै दिन बाँच्नुला जस्तो लागदैन ।' यस वाक्यलाई करणमा बदल्नुहोस् ।
(ख) रेखाङ्कित 'छातीमा' शब्दको कारक र विभक्तिको नाम लेख्नुहोस् ।
(ग) 'भाइका कुरा सुनेर मुरलीधरले वरँ आँसु भारे ।' यस वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् ।
(घ) 'उनको शारीरिक गति देखेर मुरलीधरको हृदयमा दुःखको कोलाहल मच्चियो ।' यस वाक्यलाई संयुक्त वाक्यमा परिवर्तन गर्नुहोस् ।
