दिइएको प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
दिइएको प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
पर्यटकको उपस्थितिले हाम्रो सामाजिक र सांस्कृतिक वातावरणमाथि प्रतिकूल प्रभाव पर्न र पार्न दिनुहुँदैन । यस अभियानमा हामी सबै जुटौँ । यो असल भावनाको विकसित रूप हो ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व प्रक्रियाबाट बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
मैले पूजाको थालीबाट सयपत्री र लालुपाते निकालेँ । त्यही समयमा डाँडामा घर भएका काका टुप्लुक्क आउनुभयो । उहाँले हामीलाई हात हातमा प्रसाद दिएर ससाना टीकासिका पनि लगाइदिनु भयो ।
