Logo

दिइएका प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् : नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँचे छ नेपाली भाषा…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

दिइएका प्रश्नको उत्तर दिनुहोस् :

(क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँचे छ
नेपाली भाषा संस्कृति कला साहित्य साँचे छ
यसैले आऊ नेपाललाई बलियो बनाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ ।

प्रश्नहरू

(अ) नेपाललाई बलियो बनाउन के गर्नुपर्छ ?

(आ) नेपालको गौरव कसरी बढाउन सकिन्छ ?

(ख) दिइएको गद्यांशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

आफू जुम्रा जस्तो जुम्सो छ अनि कामको सट्टा कुराले टार्न खोज्छ भनी तपाईँ गिज्याउनुहोला । मुखिन्जेल नसके पनि पछाडि पक्कै उडाउनुहुन्छ । हुन पनि हो, म अचेल साह्रै जुम्सो भएको छु ।'बरू के तपाईँ पत्याउनुहुन्छ ? यो जुम्स्याँइको जन्मदाता पनि यस्तै जडचल्दा पर्खाइ हुन् । साँच्चै भन्नु भने मेरो दुनियाँ भन् लम्स्याङलुम्सुडको छ । मेरो जमाना भन् जम्स्याङजुम्सुडको छ । मैले थाहा पाएदेखि म पर्खदो छु । काममा गएकी आमालाई, जागिरमा गएको बुबालाई, पाठ दिने गुरुलाई, तलब पाउने दिनलाई, लुगा सिउने सूचीकारलाई ।

प्रश्नहरू

(अ) 'म' पात्रको विशेषता गद्यांशका आधारमा लेख्नुहोस् ।

(आ) प्रस्तुत गद्यांशमा नेपाली समाजको कस्तो परिवेशको चित्रण गरिएको छ ?

Solution

Please login to view the answer.