दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : आयुर्वेद चिकित्सासम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धान प्रविधिलाई व्यापक र व्यावहारिक बनाउने…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् :
आयुर्वेद चिकित्सासम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धान प्रविधिलाई व्यापक र व्यावहारिक बनाउने उद्देश्यका साथ विभिन्न शैक्षिक संस्था स्थापना भएका छन् । हाल कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रसँगको समन्वयमा विभिन्न जडीबुटीका लागि औषधीय अनुसन्धान कार्यक्रम अगाडि बढिरहेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पस र नेपाल संस्कृत विश्वविद्यालयमा पनि आयुर्वेदको अध्ययन भइरहेको छ । आयुर्वेद चिकित्सक एवम् स्वास्थ्यकर्मीको दर्ता नेपाल आयुर्वेद चिकित्सक परिषद्मा हुन्छ । आयुर्वेद चिकित्सासम्बन्धी अनुगमन, गुणस्तर नियन्त्रण आयुर्वेद चिकित्सा परिषद्ले गर्छ ।
