Logo

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : बालबालिका शारीरिक तथा मानसिक रूपमा अपरिपक्व हुन्छन् । उनीहरूलाई विशेष स्याहार र सुविधाको…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

बालबालिका शारीरिक तथा मानसिक रूपमा अपरिपक्व हुन्छन् । उनीहरूलाई विशेष स्याहार र सुविधाको आवश्यकता पर्छ । उनीहरूलाई संरक्षण र बाँच्नका लागि चाहिने आधारभूत कुराको व्यवस्था गर्नुपर्छ । उनीहरूलाई शिक्षा प्रदान गर्नुका साथै स्वास्थ्यको सेवा पुऱ्याउनुपर्छ । यसका साथै खेल, मनोरञ्जन र आराम गर्न पनि दिनुपर्छ । उनीहरूलाई माया र स्नेह दिनुपर्छ अनि दुर्व्यवहार तथा शोषणबाट जोगाउनुपर्छ । बालअधिकार भनेको शान्ति, समभदारी र सुरक्षापूर्ण वातावरणमा असल शिक्षा हासिल गर्दै स्वस्थ भएर उत्पीडनबाट संरक्षण प्रदान गर्दै तिनको बालापन सुनिश्चित गर्नु पनि हो । बालबालिका सबैका दायित्व हुन् । संक्षेपमा भन्नुपर्दा बालअधिकार भनेको बालबालिकाको बोल्न पाउने अधिकार, संरक्षण पाउने अधिकार, विकांसको अधिकार र आफ्ना बारेमा गरिने नीति निर्माण तथा सामाजिक गतिविधिमा सहभागी हुन पाउने अधिकारको समष्टिगत रूप हो । सोहीअनुसार बालअधिकारसम्बन्धी महासन्धि राष्ट्रिवचको एक सम्भौता पत्र पनि हो ।

प्रश्नहरू

(क) बालअधिकारभित्र पर्ने कुनै दुईओटा अधिकार उल्लेख गर्नुहोस् ।

(ख) बालबालिकालाई किन विशेष सुविधा आवश्यक पर्छ ?

(ग) बालबालिकाको बालापन कसरी सुनिश्चित गर्नुपर्छ ?

(घ) बालअधिकारको संरक्षण कसरी गर्न सकिन्छ ?

Solution

Please login to view the answer.