दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : (क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
कानुन समाजको अपरिहार्य तत्त्व हो । यसले मानवीय आचरण तथा व्यवहारलाई नैतिक र सामाजिक आयामबाट परिभाषित गर्छ । राज्यका असीमित अधिकारलाई नियन्त्रण गरी प्रशासनलाई चुस्त बनाउन कानुन अनिवार्य हुन्छ ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व प्रक्रियाबाट बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
भुइँचालो आएपछि मानिस घरबाट बाहिर निस्के । लामो समयसम्म ससाना धक्का पटक पटक आउँदा भानिजदाइ समाजको सेवा गर्न खाद्यपदार्थ बोकेर टोलटोलमा पुगे । केही मानिस आकाश र पाताल जोड्ने गफगाफ गरेर बसेका थिए ।
