दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् : आधुनिक चिकित्सा र आयुर्वेद चिकित्सासका अनेकौं अर्थ छन् । चिकित्सा शब्दको व्युत्पत्तिमूलक…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् :
आधुनिक चिकित्सा र आयुर्वेद चिकित्सासका अनेकौं अर्थ छन् । चिकित्सा शब्दको व्युत्पत्तिमूलक अर्थ 'रोग हटाउने इच्छा' हो । यसे अर्थभित्र औषधोपचार, इलाज, आँखती गर्ने काम, रोगको पहिचान, रोग निरूपण र रोग निदान जस्तै उस्तै उस्तै अनेक अर्थ समाविष्ट हुन्छन् । यसरी सामान्य अर्थमा रोगले सताउँदा, रोगबाट मुक्ति पाउनका लागि गरिने उपचारलाई चिकित्सा भनिन्छ । व्यापक अर्थमा भने रोग लाग्न अगावै स्वास्थ्यलाई जोगाउन र रोग लाग्न नदिनाका लागि गरिने विविध खालको उपायसमेत चिकित्सा शब्द भित्रै पर्छ । चिकित्सा विज्ञानका लागि आयुर्वेद शब्दको पनि प्रयोग हुन्छ । चिकित्सा शब्दले रोगको मूल जरा पत्ता लगाएर विविध प्रकारका परीक्षण गरी उपचारबाट निर्मूल गर्ने विधिलाई जनाउँछ ।
