दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् : प्राचीन ऋषिमुनिले अनेकौँ सभ्यता, संस्कृति, पूर्वीय दर्शन र ज्ञानको ज्योति संसारभर फिँजाए र…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् :
प्राचीन ऋषिमुनिले अनेकौँ सभ्यता, संस्कृति, पूर्वीय दर्शन र ज्ञानको ज्योति संसारभर फिँजाए र मेरो देशको शिक्षालाई आलोकित गरे । वेदव्यासमा ज्ञानको स्फुरण यहीँ भयो र उनले अठार पुराणको रचना गरे र राजा जनकको दरवारमा याज्ञवल्क्य, गार्गी, मैत्रेयी जस्ता विद्वान् विदुषीले शास्त्रार्थ गरेर जीवन र जगत्का यथार्थ र रहस्यका पाटा उजागर गरे । ज्ञानको तिर्खाले आकुलव्याकुल भएर समुदायमा आफ्नो संस्कृतिको उत्थान र संवर्धन गर्न प्रेरणा दिन अनि समाजमा चेतना र जागरण फैलाउने 'मुन्धुम' जस्तो ग्रन्थ रचना गरे । यसरी मेरो देशको शिक्षाको प्रवर्धनमा पराग्पूर्व कालदेखि विभिन्न ऋषिमहर्षि र विद्वान्ले विशिष्ट योगदान दिएका छन् । ज्ञानको मूलस्रोतका रूपमा रहेको र श्रुतिपरम्परामा आधारित अपौरुषेय रचना मानिने चार वेदको शिक्षासमेत मेरो देशको शिक्षाको गौरवमय मुहान हो ।
