दिइएका गद्यांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : नेपाल जलस्रोतका दृष्टिले धनी राष्ट्र हो । यहाँको अपार जलसम्पदाको प्रयोग गर्नासित नेपालको आर्थिक…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
दिइएका गद्यांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
नेपाल जलस्रोतका दृष्टिले धनी राष्ट्र हो । यहाँको अपार जलसम्पदाको प्रयोग गर्नासित नेपालको आर्थिक विकासमा ठूलो टेवा पुग्छ । मुलुकको सर्वाङ्गीण विकासका लागि अर्थतन्त्रले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यहाँका नदीनालाबाट विद्युत् शक्तिको उत्पादन गरी विदेशी मुद्रा आर्जन गर्नेतर्फ सरकारी स्तरबाट योजना तर्जुमा गरी त्यसतर्फ विशेष कार्यक्रम निर्धारण गरिनुपर्छ । नेपालका ६ हजारभन्दा बढी नदीनालाबाट विद्युत् शक्तिको उत्पादन गरी आफूलाई चाहिनेभन्दा बढी अन्य राष्ट्रहरूलाई बिक्री गरी त्यसबाट आर्जित आय निर्माणका हरेक क्षेत्रमा लगाउन सकिन्छ । नदीनालाबाट खेर गइरहेको पानीलाई सिँचाइका माध्यमबाट उपभोग गर्न सकिएको खण्डमा कृषि फसलमा वृद्धि हुनाका साथै नेपालीको आयआर्जनमा सहयोग पुग्छ । सिँचाइ सुविधा उपलब्ध गराउन सकेमा कृषिजन्य वस्तुको वृद्धि हुने र आवश्यकताभन्दा बढी अन्नलाई अन्य राष्ट्र निकासी गरी विदेशी मुद्रा आर्जन गर्न सकिने भएकाले समयमै यसतर्फ आवश्यक पाइला चाल्नुपर्ने स्थिति देखिन्छ ।
प्रश्नहरू
(क) मुलुकको विकासमा के कुराले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ?
(ख) विद्युत् शक्तिको उपयोग कसरी गर्नु उपयुक्त हुन्छ ?
(ग) खेर गइरहेको पानीबाट कुन कुन पक्षमा फाइदा लिन सकिन्छ ?
(घ) कृषिजन्य वस्तुका उत्पादन बढ्दा राष्ट्रलाई कसरी फाइदा पुग्छ ?
