दिइएका प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस्…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
दिइएका प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् ।
देवकोटाले जीवनमा पारिवारिक वियोगका असह्य पीडा खप्नुपर्यो । दु:खमा परे तापनि उनले विभिन्न विधामा कलम चलाएका छन् । त्यस वेला उनले लेखेका रचनामा आफन्तको मृत्युबाट सिर्जित वेदनाका साथै प्राकृतिक स्वच्छन्दता र भावमय विषयको वर्णन गरिएको पाइन्छ ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह र विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
मामा र माइजू आजभोलि विदेश गएर खुव रमाइलो गर्दै मुसुमुसु हाँसी फोटो खिच्न मस्त हुनुहुन्छ । उहाँहरूका छोराछोरी विदेशमा काम छोडी बसेका छन् । पराक्रम देखाएर गरी खानुका सट्टा अपमान सहेर अरूको निर्भरतामा बस्नु कायरता हो ।
