दिइएका प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएको कविताशंका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् : यो, मेरो देशको सुदूर पूर्वको गाउँ । यो, मेरो देशको…
2081 · Solved Question with Answer
दिइएका प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएको कविताशंका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
यो, मेरो देशको सुदूर पूर्वको गाउँ ।
यो, मेरो देशको सुदूर पश्चिमको गाउँ ।
छिमेकी अगेनाबाट आगो ओसारेर सुरु हुने यहाँको दिन
गोठमा, वस्तुभाउलाई घाँसपात हालेर केटाकेटी हुन्छ
खेतमा, गोरु नारेर तन्नेरी हुन्छ
र वेग्लाबग्लै मान्छेका ओठहरू भाएर
दिनभरि फलाकिरहन्छ
दिनभरि हताररिहन्छ ।
प्रश्नहरू
(अ) गाउँका मानिसले कस्तो पेसा व्यवसाय अपनाएका छन् ?
(आ) 'छिमेकी अगेनाबाट आगो ओसारेर' भन्नुको तात्पर्य के हो ?
(ख) दिइएको जीवनीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
देवकोटाले जे लेखे र जुन जुन जिम��मेवारी पाए, प्रायः ती सवैमा उनले राष्ट्रको हितमा काम गरेर आफ्नो अव्वलता प्रदर्शन गरे । देवकोटा आफूले हात हालेका हरेक क्षेत्रमा एक असल व्यक्तित्वका रूपमा चिनिए । शिक्षामन्त्री हुँदा नेपाली भाषालाई पठनपाठनको अनिवार्य विषयका रूपमा लागु गरे । उनले त्रिभुवन विश्वविद्यालयको स्थापनामा महत्त्वपूर्ण भूमिका खेले । साहित्य र संस्कृतिको विकासको ढोका खोल्ने कार्यमा उनको योगदान चिरस्मरणीय रहेको छ ।
प्रश्नहरू
(अ) देवकोटा कसरी एक असल व्यक्तित्वका रूपमा चिनिए ?
(आ) देवकोटा शिक्षामन्त्री हुँदा के के काम गरे ?
