दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् : पिकासोको चित्रकलामा 'घनवाद' को सशक्त प्रयोग भएको पाइन्छ । घनवादको प्रयोग भएको यस काललाई…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् :
पिकासोको चित्रकलामा 'घनवाद' को सशक्त प्रयोग भएको पाइन्छ । घनवादको प्रयोग भएको यस काललाई निग्रो काल पनि भनिन्छ । घनवादी कलाकृतिमा वस्तुलाई विश्लेषण गरिन्छ । टुक्रा टुक्रा पारिन्छ । ती टुक्रालाई अमूर्त रूपमा पुनः संयोजन र संश्लेषण गरिन्छ । यसमा कलाकारले वस्तुलाई एउटै दृष्टिकोणबाट चित्रण नगरी वृहत्तर सन्दर्भमा प्रतिनिधित्व गर्न धेरै दृष्टिकोणबाट विषयलाई चित्रण गर्छन् । यसरी मूर्त वस्तुलाई भाँच्ने, टुक्र्याउने, अनि जोडेर फेरि वस्तु र विषयलाई व्यापक अर्थमा र अमूर्त रूपमा प्रयुक्त गर्ने यही वाद नै घनवादी कलाका रूपमा चिनिन्छ । यसरी जुनसुकै कालमा लेखिएका भए पनि उनका हजारौँ चित्रकला र मूर्तिकला आज पनि जीवन्त छन् ।
