दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : (क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
आयुर्वेद चिकित्सासम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धान प्रविधिलाई व्यापक र व्यावहारिक बनाउने उद्देश्यका साथ विभिन्न शैक्षिक संस्था स्थापना भएका छन् । त्यहाँ उपचार गर्न गाउँले र सहरिया मानिस आउँछन् ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्विित्व भएर बनेका दुई ओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
वनसा वास बस्न गाह्रो भएपछि परदेश लागेका दाजुभाइ घर फर्किए । भानिज दाइले उनीहरूलाई खुसी हुँदै स्वागत गरे । जान्नेसुन्ने मान्छेले उनीहरूलाई ससाना कुरादेखि ठूलठुला कुराको चुरो बुझाए ।
