दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् : वडो मुस्किलसँग नजरवन्दबाट छुटेपछि लामो सास फेरेर राजेन्द्रलक्ष्मीले भनिन्, "दयाको फल मैले…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
वडो मुस्किलसँग नजरवन्दबाट छुटेपछि लामो सास फेरेर राजेन्द्रलक्ष्मीले भनिन्, "दयाको फल मैले पाएँ । कृपात्रमा परेको अमृत पनि विष बन्दो रहेछ । देवर भनेर यी वहादुर शाहलाई मैले हुनेसम्म गरेकी हूँ । घरमा पनि यी बाघ बने, अस्मानमा पुन्याउँदा पनि बाजको रूप लिए । अब पातलमा पुन्याउँदा के हुने हुन् हेरौं । नाग बनेर आए पनि थिनीसँग म डराउन्न । थिनको विष शमन गर्ने वैद्यहरूको सहायता नपाएकी भए म उम्कन सक्ने थिइन् । मेरो व्यक्तित्वको प्रभावमा आकर्षित भाएका र न्यायका बाटामा हिँड्ने भारदारहरू जति भने पनि छन् ।"
प्रश्नहरू
(क) 'घरमा पनि यिनी बाघ बने ।' यस वाक्यलाई अकरणमा बदल्नुहोस् ।
(ख) रेखाङ्कित शब्द 'मैले' को कारक र विभक्ति पहिचान गर्नुहोस् ।
(ग) 'देवर भनेर यी वहादुर शाहलाई मैले हुनेसम्म गरेकी हूँ ।' यस वाक्यको उद्देश्य र विधेय पहिचान गरी लेख्नुहोस् ।
(घ) 'कृपात्रमा परेको अमृत पनि विष बन्दो रहेछ ।' यस वाक्यलाई मिश्र वाक्यमा बदल्नुहोस् ।
