दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : समाज गतिशील छ । हरेक व्यक्ति सुनौलो भविष्यको खोजीमा लागेको हुन्छ । यो मानवीय स्वभाव पनि हो ।…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
समाज गतिशील छ । हरेक व्यक्ति सुनौलो भविष्यको खोजीमा लागेको हुन्छ । यो मानवीय स्वभाव पनि हो । शोषण, अत्याचार र विभेद नहोस् भन्ने चाहना अधिकांश मानिसको हुन्छ तर पनि मान्छेले चाहेकै भरमा समाजमा यो स्थिति हुन सकेको छैन । गरिबी, अभाव, अशिक्षा र भोकमरीले आज पनि ठूलो जनसङ्ख्या पीडित छ । धनीहरू एकदमै धनी छन् । देशभित्र उपलब्ध स्रोतसाधनको न्यायपूर्ण वितरण र सम्भावनाहरूको उचित प्रयोग गर्न सकेमा केही हदसम्म भए पनि गरिबी, अशिक्षा र अभावबाट मानिसहरूले मुक्ति पाउँछन् । यसवाट मानिसले बन्धन र दासतामुक्त संसारमा सम्मानपूर्वक बाँच्न पाउने अधिकार उपयोग गर्न सक्छन् । यसका लागि पनि तपाईं हामी सचेत व्यक्ति नै लाग्नुपर्छ । देशका पिछडा, आदिवासी समुदायको अधिकारलाई संरक्षण गरी सोका लागि लक्षित कार्यक्रमहरू सञ्चालन गर्नु राज्यको कर्तव्य हो । भविष्यका कर्णधारका रूपमा रहेका बालबालिकाहरूको सुनिश्चित भविष्यका लागि उनीहरूको अधिकार संरक्षण गर्नु राज्य तथा हामी सवैको दायित्व हो । यसका लागि सवै संवेदनशील बनेर अगि बढौँ ।
प्रश्नहरू
(क) व्यक्ति केको खोजीमा लागेको हुन्छ ?
(ख) उपलब्ध स्रोत र साधनको न्यायपूर्ण वितरण हुँदा समाजमा कस्तो प्रभाव पर्छ ?
(ग) राज्यको कर्तव्य के हो ?
(घ) मानिसहरूले कसरी गरिबी, अशिक्षा र अभावबाट मुक्ति पाउन सकछन् ?
