Logo

दिइएका प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् : के गर्नु चुनावका घोषणापत्रहरू ? सिँगान पुछ्ने…

2081 · Solved Question with Answer

दिइएका प्रश्नको उत्तर दिनुहोस् :

(क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

के गर्नु चुनावका घोषणापत्रहरू ?
सिँगान पुछ्ने कागजभन्दा वढी कामयाब हुन सक्तैन यो यिनीहरूलाई
के पढ्नु अन्तरिक्ष यानका गतिविधिहरू ?
दन्यकथाकै सिलसिलामा जोड्नुभन्दा वढी केही अर्थ छैन यसको पनि यिनीहरूलाई ।

प्रश्नहरू

(अ) चुनावका घोषणापत्रहरूप्रति कविले आफ्ना असन्तुष्टि कसरी व्यक्त गरेका छन् ?

(आ) अन्तरिक्ष यानका गतिविधिलाई किन दन्यकथासँग तुलना गरिएको हो ?

(ख) दिइएको जीवनीको अंशका आधारमा सोधिएका प्रश्नको संक्षिप्त उत्तर लेख्नुहोस् :

मानव वेदनाको जीवन्त चित्रण भएका कला सिर्जनामा पिकासोले आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । उनले कलामार्फत वन्दुकभन्दा कलम र कुची बलियो हुन���छ भन्ने दसी प्रस्तुत गरे र कलामार्फत युद्धलाई खरो रूपमा व्यङ्ग्य गरेकाले नाजीहरूले जर्मनीमा उनका चित्र प्रदर्शनमा रोक लगाए । उनले भिखारी, जेलमा थुनिएका, दु:ख पाएका, हेपिएका र सीमान्तकृत मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्तिका चित्रसमेत बनाए । उनले महिलाका मार्मिक र प्रेमिल चित्र पनि बनाए ।

प्रश्नहरू

(अ) नाजीहरूले जर्मनीमा पिकासोलाई चित्र प्रदर्शन गर्न नदिनुको कारण के हो ?

(आ) 'वन्दुकभन्दा कलम र कुची बलियो हुन्छ ।' भन्नुको तात्पर्य खुलाउनुहोस् ।

Solution

Please login to view the answer.