दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् : एकछिन वाल्ल परेर वहादुर शाहले भने, "खुब विचार गरिरहेको छु । खास जननीकै रूपमा नारी जातिलाई…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् :
एकछिन वाल्ल परेर वहादुर शाहले भने, "खुब विचार गरिरहेको छु । खास जननीकै रूपमा नारी जातिलाई पाएको हुँ । नारी सिर्जना र शक्तिका अवतार हुन् भन्ने खुद मलाई थाहा छ । के गरूँ उज्यालाका निम्ति बालेको बत्तीले आगलागी हुने सम्भावना देखिएपछि देश बचाउनका लागि उपचार गर्नैपर्ने रहेछ । व्यक्तिगत विरोधलाई अँगालेर यसो गरेको होइन । मुमाको मूर्ति सम्फेर हजुरमाथि मेरो पूरा श्रद्धा छ । हाम्रो आपसी घातप्रतिघातले मातृभूमिको अँध्यारो भविष्य देखापर्दा बाध्य भएर नै यो काम मैले गरेको हुँ । वास्तवमा नायवी सिनोको निम्ति मरिमेट्ने गिद्ध म होइन । यदि छोड्दे भन्ने हुकुम हुन्छ भने अहिले नै तयार छु ।"
