दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् : कर्तव्यभन्दा अधिकार नै महान् छ । व्यक्तिको व्यक्तित्व विकास र जीवनयापनका लागि अधिकार नितान्त…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् :
कर्तव्यभन्दा अधिकार नै महान् छ । व्यक्तिको व्यक्तित्व विकास र जीवनयापनका लागि अधिकार नितान्त अनिवार्य कुरा हो । हेक्का राखौँ, अधिकारले मात्र मानिसको स्वतन्त्रताको रक्षा गर्छ, कर्तव्यले होइन । अधिकारको बगैँचामा मात्र व्यक्तिको व्यक्तित्वको फूल फुल्छ । व्यक्तिले परिवार, समाज र राज्यबाट प्राप्त गर्ने अधिकार पाउनुपर्छ र मात्र त्यो व्यक्तिको व्यक्तित्व उज्यालो बन्छ । सानो छँदा राम्रो लालनपालन र पोषणयुक्त खाना पाउने अधिकार पाउनुपर्छ । अलिक हुर्कँदै जाँदा शिक्षा र स्वास्थ्यको अधिकार पाउनुपर्छ । पछिसकेपछि उसले व्यवसाय र रोजगारको स्वच्छ प्रतिस्पर्धामा सहभागी हुने अधिकार पाउनुपर्छ । यसो भयो भने मात्र व्यक्तिको व्यक्तित्व विकास हुन सक्छ । हरेक व्यक्तिको विकास हुनु नै त्यो परिवार, समाज र राष्ट्रको समेत विकास हुनु हो ।
