दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : भाइका कुरा सुनेर मुरलीधरले वर्र आँसु भारे । मुरलीधर रोएको देखेर श्रीधरका जहान, छोराछोरी पनि…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
भाइका कुरा सुनेर मुरलीधरले वर्र आँसु भारे । मुरलीधर रोएको देखेर श्रीधरका जहान, छोराछोरी पनि रुन लागे । एकछिनपछि मुरलीधरले भाइका निधार, छाती, हात, गोडा सबै अङ्ग छामे । उनको शारीरिक गति देखेर मुरलीधरको हृदयमा दुःखको कोलाहल मच्चियो । केही बेरपछि छातीमा भक्कानु पारेर आँसु भार्दै मने, "बिसेक हुन्छ वा हरेस नखाऊ ।
बाले आफ्नो जीवनमा अनन्य पुण्य गर्नुभएको छ । उहाँको त्यस महान् तपस्याका प्रभावले हाम्रो अनिष्ट कदापि हुने छैन । बरु अब यहाँका वैद्यको भर गरेर बस्नुभएन । तिमीलाई देशतिर औषधी गर्न लैजान्छु ।"
प्रश्नहरू
(क) 'भाइका कुरा सुनेर मुरलीधरले वर्र आँसु भारे ।' यस वाक्यलाई अकरणमा परिवर्तन गर्नुहोस् ।
(ख) रेखाङ्कित 'मुरलीधरले' शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् ।
(ग) 'बाले आफ्नो जीवनमा अनन्य पुण्य गर्नुभएको छ ।' यस वाक्यको उद्देश्य र विधेय पहिचान गरी लेख्नुहोस् ।
(घ) 'उनको शारीरिक गति देखेर मुरलीधरको हृदयमा दुःखको कोलाहल मच्चियो ।' यस वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस् ।
