दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : साँच्चै यो मोबाइलभित्र त सारा संसार पो अटाएको रहेछ । यसमा के छैन ? नाच यहीँ रहेछ, गाना यहीँ…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
साँच्चै यो मोबाइलभित्र त सारा संसार पो अटाएको रहेछ । यसमा के छैन ? नाच यहीँ रहेछ, गाना यहीँ रहेछ, धर्म यहीँ रहेछ, अधर्म पनि यहीँ नै रहेछ, स्वर्ग नर्के जे भनौँ सबै यसैमा रहेछ । ज्ञानको भण्डार पनि यहीँ रहेछ । दृष्टिकोण नै विचारको आधार भएकाले यहीँ रहेछ । सुकर्म देखाउने बाटो पनि यहीँ रहेछ । कुकर्मतिर लाग्ने कुबाटो पनि यहीँ रहेछ । जब मान्छेका हातका औँला मोबाइलभित्रका खराब कुरा खोज्न तम्सिँदा रहेछन् नि त्यसपछि त मान्छेले यही धर्तीमा नै नर्क भोग्नुपर्दो रहेछ । मलाई धिक्कार छ मेरा यी औँला त्यो दिन किन त्यो म्यासेज थिच्न पुगे होलान् । लोहोराले थिचौँ जस्तो लाग्छ यी औँलालाई ।
प्रश्नहरू
(क) 'साँच्चै यो मोबाइलभित्र त संसार पो अटाएको रहेछ ।' यस वाक्यलाई अकरणमा बदल्नुहोस् ।
(ख) रेखाङ्कित शब्द 'धर्तीमा' को कारक र विभक्तिको नाम लेख्नुहोस् ।
(ग) 'मान्छेले यहीँ धर्तीमा नै नर्क भोग्नुपर्दो रहेछ ।' यस वाक्यको उद्देश्य र विधेय पहिचान गरी लेख्नुहोस् ।
(घ) 'दृष्टिकोण नै विचारको आधार भएकाले सुख यहीँ रहेछ ।' यस वाक्यलाई संयुक्त वाक्यमा बदल्नुहोस् ।
