दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् : मानव वेदनाको जीवन्त चित्रण भएका कला सिर्जनामा पिकासोले आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । उनले…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् :
मानव वेदनाको जीवन्त चित्रण भएका कला सिर्जनामा पिकासोले आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । उनले कलामार्फत वन्दुकभन्दा कलम र कुची वलियो हुन्छ भन्ने दसी प्रस्तुत गरे र कलामार्फत युद्धलाई खरो रूपमा व्यङ्ग्य गरे । त्यसैले त नाजीहरूले पिकासोलाई जर्मनीमा चित्र प्रदर्शन गर्न दिएनन् । उनले भिकारी, जेलमा थुनिएका, दुःख पाएका, हेपिएका र सीमान्तकृत मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्तिका चित्रसमेत वनाए । उनले महिलाका मार्मिक र प्रेमिल चित्र पनि वनाए । उनी केवल मान्छेको वाहिरी आवरण मात्र कहाँ हो र, ती व्यक्तिका भित्री वेदना, संवेदना, संवेग, मर्म र सौन्दर्य मूर्त वनेर उनका अमूर्त चित्रभित्र चित्रित हुन्थे । जजसले ती चित्र हेर्थे ती व्यक्तिको हृदयमा करुणा, दया, माया, स्नेह र आक्रोशका भाव सल्वलाउँथे र हेदाहिदाँ ती चित्रमा नै हराउँथे ।
