Logo

दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : पश्चिमाहरू प्रकृतिलाई जड मान्छन् । उनीहरूका लागि प्रकृति एउटा भौतिक उपलब्धि मात्र हो । प्रकृति…

SEE Class 10 Nepali · 2082 · Solved Question with Answer

दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

पश्चिमाहरू प्रकृतिलाई जड मान्छन् । उनीहरूका लागि प्रकृति एउटा भौतिक उपलब्धि मात्र हो । प्रकृति मान्छेका लागि हो तसर्थ यसको जतिसक्दो उपयोग गर्नुपर्छ भन्ने भौतिकवादी दृष्टिकोण पश्चिमी विचारको चुरो हो । प्रकृति र मानवको अस्तित्व परिपूरक सम्वन्धमा आधारित छ, त्यसैले प्रकृतिलाई चेतन रूपमा मान्नुपर्छ र सन्तुलित उपयोग गर्नुपर्छ भन्ने कुरा पूर्वीय दर्शनको सारतत्त्व हो । अहिले आएर पश्चिमाहरूले प्रकृति संरक्षणको नारा उठाए पनि पश्चिममा यो नारा उठेको धेरै समय भएको छैन । मान्छे आफैँ प्रकृति हो त्यसैले भौतिक विकासको चरमचुलीमा पुगेपछि मानवतामा उत्पन्न हुने अतृप्त वितृष्णा र कुण्ठाको उचित निकासका लागि 'प्रकृतितिरै फर्क' को नारालाई यसै सन्दर्भमा हेर्नुपर्छ । प्रकृति भनेको ढुङ्गो, माटो, वृक्ष, वनस्पति र जलस्रोत हो । अव यी सवै कुरालाई प्राकृतिक सम्पदा भन्न थालिएको छ । समकालीन विश्वमा धनी वा गरिव राष्टको निर्णय उसको अधीनमा रहेको प्राकृतिक सम्पदाकै आधारमा हुन थालेको पाइन्छ । प्रकृतिको विराट स्वरूप नै वातावरण हो । वातावरणभित्र वायुमण्डलसमेत समेटिन्छ ।

प्रश्नहरू

(क) पश्चिमी विचारको चुरो के हो ?

(ख) प्रकृति र मानवको अस्तित्व केमा आधारित छ ?

(ग) विश्वमा धनी र गरिव राष्टको पहिचान कसरी गरिन्छ ?

(घ) वातावरणलाई किन प्रकृतिको विराट स्वरूप भनिएको हो ?

Solution

Please login to view the answer.