दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : यस्तै वेलामा कुटुम्वले छोरां शशीधरलाई छोरी दिन आए । कुटुम्व धनीमानी थिए । जिल्लामा उनको ठुलो…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
यस्तै वेलामा कुटुम्वले छोरां शशीधरलाई छोरी दिन आए । कुटुम्व धनीमानी थिए । जिल्लामा उनको ठुलो ख्याति थियो । मधेसतिर तीनचार मौजा जिमिदारी छ भन्ये । सन्तानमा केवल थिनै एउटा छोरी मात्र हुन् भन्ने सुनिन्थ्यो । शशीधर भर्खर १५ वर्ष मात्र लागेको थियो । ठिटो राम्रो र बहुत मेधावी थियो । छोराको यति सानै उमेरमा विहा गर्न त श्रीधरको मन थिएन । एउटी छोरी मात्र भएका धनी कुटुम्वले घरै आएर छोरी दिँदा उनी वडो असमञ्जसमा परे । उता घरकाले पनि विहा गर्नैपर्छ भनेर करकर गर्न थाले । कामकुरो छिनियो । खुव मन फुकाएर विहाका मालसजाम तयार गर्न थाले ।
प्रश्नहरू
(क) 'कुटुम्व धनीमानी थिए ।' यस वाक्यलाई अकरणमा वदल्नुहोस् ।
(ख) रेखाङ्कित 'शशीधरलाई' शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् ।
(ग) 'यस्तै वेलामा कुटुम्वले छोरा शशीधरलाई छोरी दिन आए ।' यस वाक्यको उद्देश्य र विधेय पहिचान गरी लेख्नुहोस् ।
(घ) 'एउटी छोरी मात्र भएका कुटुम्वले घरै आएर छोरी दिँदा उनी असमञ्जसमा परे ।' यस वाक्यलाई मिश्र वाक्यमा वदल्नुहोस् ।
