Logo

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : (क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : कर्ममा छ भने शक्ति जङ्गलै बन्छ नन्दन घोटिएर…

2082 · Solved Question with Answer

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

कर्ममा छ भने शक्ति जङ्गलै बन्छ नन्दन
घोटिएर सयौँपल्ट दाउरो बन्छ चन्दन

भएमा उच्च सङ्कल्प छैन केही असम्भव
सङ्कल्पैले बनेका हुन् महान् मान्छेहरू सव ।

प्रश्नहरू

(अ) 'घोटिएर सयौँपल्ट दाउरो वन्छ चन्दन' भन्नुको तात्पर्य के हो ?

(आ) कवितांशमा मानिस कसरी महान् वन्न सक्छ भनिएको छ ?

(ख) दिइएको जीवनीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

मानव वेदनाको जीवन्त चित्रण भएका कला सिर्जनामा पिकासोले आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । उनलें कलामार्फत बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ भन्ने दसी प्रस्तुत गरे र कलामार्फत युद्धलाई खरो रूपमा व्यङ्ग्य गरे । त्यसैले त नाजीहरूले पिकासोलाई जर्मनीमा चित्र प्रदर्शन गर्न दिएनन् । उनले भिखारी, जेलमा थुनिएका, दुःख पाएका, हेपिएका र सीमान्तकृत मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्तिका चित्रसमेत बनाए । उनले महिलाका मार्मिक र प्रेमिल चित्र पनि बनाए । उनी केवल मान्छेको बाहिरी आवरण मात्र कहाँ हो र, ती व्यक्तिका भित्री वेदना, संवेदना, संवेग, मर्म र सौन्दर्य मूर्त बनेर उनका अमूर्त चित्रभित्र चित्रित हुन्थे ।

प्रश्नहरू

(अ) माथिको अंशमा 'बन्दुकभन्दा कमल र कुची बलियो हुन्छ ।' भन्नुको तात्पर्य के हो ?

(आ) माथिको अंशमा पिकासोको चित्रमा कस्ता कस्ता विशेषता रहेको उल्लेख गरिएको छ ?

Solution

Please login to view the answer.