दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : अधिकारभन्दा कर्तव्य महान् छ । कर्तव्यभन्दा ठुलो अर्को कुनै वस्तु हुन सक्तैन । त्यसैले त हाम्रा…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् :
अधिकारभन्दा कर्तव्य महान् छ । कर्तव्यभन्दा ठुलो अर्को कुनै वस्तु हुन सक्तैन । त्यसैले त हाम्रा धर्मग्रन्थ र उपनिषद्मा कर्तव्यको महिमा र सर्वोच्चताको चर्चा छ । हाम्रा मात्र होइन संसारका सबै धर्मग्रन्थमा कर्तव्यलाई महान् ठानिएको पाइन्छ । आफ्ना माता, पिता र गुरुप्रतिको कर्तव्यलाई हाम्रा ग्रन्थले "मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भव", भनेर उल्लेख गरेका छन् । अर्को कुरा संसारमा त्यही व्यक्ति आदर्श व्यक्तिका रूपमा चिनिन्छ जो कर्तव्य पालनाको कसीमा खारिएको हुन्छ ।
